२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी बनेको थियो- ‘दसैँ आयो’ गीत

२०७८, २४ आश्विन आईतवार ११:१७

असोज २४, काठमाडौँ, न्युज कारखाना | दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो 'दसैँ आयो' । शेखर कोइराला निर्मित नेपाली फिल्म 'मुग्लान' मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हुँदै डिजिटल पुस्तासम्मलाई आफ्नो स्राेता तथा दर्शक बनाइसकेको छ । गीतमा सुरेश अधिकारीको संगीत, लोकनाथ सापकोटाको शब्द र अमुल कार्कीको एरेन्ज  छ । 

गीतको अडियो जति कर्णप्रिय छ, भिडियो उत्तिकै आकर्षक पनि छ । गीतको अडियोले दसैँको आभास दिलाउँछ भने भिडियोले दसैँको रमझम देखाउँछ । यो गीत तयार गर्दा कथाअनुसार गर्नुपर्ने भएकोले संगीतकार अधिकारीलाई सहज थिएन । 'निर्देशक शिव रेग्मीले चरी र रि भन्ने शब्द ल्याउनु भएको थियो , त्यसमा मैले रहैरहै थपेँ र त्यसलाई गीतको आकार दियौँ', अधिकारीले भने । 

यो गीतको ऐरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको शान स्टुडियोमा भएको थियो । गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दिपानारायण झाले यो गीतकाे प्रशंसा गरेका थिए । 'सुरेशजी गीत त धेरै गाइयो तर हामीलाई आउँदो पुस्तासम्म पुर्‍याउनेमध्येको एक गीत यो हुनेछ' उदीतले दिएको प्रतिक्रिया अहिले सिद्ध भएको संगीतकार अधिकारी बताउछन् । 

उनी पुग्ने प्राय: ठाउँमा दसैँ अगाडि र पछाडि केहि समय यो गीत सुन्ने गरेका छन् । 'गीतले मलाई जीवन्त राख्नेमा दुइमत छैन ' अधिकारी भन्छन् ,'गीतको शब्द, संगीत, स्वरसँगै तयार भएको भिडियोले यसलाई प्रिय बनाउएको छ ।' 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा