१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी भट्याइन्छ भैली गीत

१९ कार्तिक २०७८, शुक्रबार ०५:५७

कात्तिक १९, काठमाडौँ | भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतीको रुपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै एकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाकाे साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशिर्वाद दिँदै हिँड्ने चलन छ । देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन पनि छ । कतिपय स्थानमा भने अक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

तिहारमा यसरी गाइन्छ भौली गीत :

भैलिनी आइन् आँगन, बढारी कुडारी राख न

हे ! औसी को बारो, गाई तिहारो भैलो ।

हरियो गोबरले  लिपेको, लक्ष्मी पूजा  गरेको

हे ! औंसीको बारो, गाई  तिहारो  भैलो ।

भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन

हे ! औसीको बारो, गाई तिहारो भैलो ।

हामी त्यसै आएनौँ, बलि राजाले पठाको

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

अरु दिन आउने जोगिनी, आज आउने भैलेनी

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको

हे ! औंसीको  बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आगन, गुनिया चोलो मागन

हे ! औसीको बारो, गाई तिहारो भैलो ।

घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

छानामाथि घिरैला, के–के दिन्छिन् हेरौँला

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन्, रुपैयाँ पैसा गन्दै छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

धमिराको ताँती, हामीलाई भो राति

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

दिने भए सिधा देउ, नदिने भए बिदा देउ

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो

जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् । पछिल्लो समय देउसी भैलीमा देखिएको विकृतीले गर्दा सरकारले यसमा लगाएको अंकुशका कारण नेपाली समुदायको माैलिक सँस्कृतिको रुपमा रहेको देउसीभैलो लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण र यसको साँस्कृतिक पाटोलाई जोगाइराख्न यसमा देखिएका विकृतीलाई बेलैमा समाधान गर्न आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव