‘बले’ को टिममा स्मारिका र समारिका ढकाल

Posted on: 28 Jan, 2022

माघ १४,  काठमाडौँ | हास्य कलाकार तथा मोडल सागर लम्सालले आफ्नो टिममा ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकाललाई भित्र्याएका छन् । उनले शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन् ।

यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् । सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!