न त गासको न टुङ्गो बासको

        मैले के गरेर खाम

&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...         न त गासको न टुङ्गो बासको

        मैले के गरेर खाम

&nbs"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकार ! के गरेर खाम ’

२० फाल्गुन २०७८, शुक्रबार ०९:४९

 फागुन २०, काठमाडौँ ।‘सर्टिफिकेट छ डिग्री पासको

        न त गासको न टुङ्गो बासको

        मैले के गरेर खाम

        देशमै भोकै बसम् की

       खाडीतिर पसम् की

       सरकार ! लौन निधो पाम…’ (पुरुष)

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो टुक्का हो, यो । बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।

           ‘पढेकी हुँ बेचेर खेतबारी

       अहिले खान पुग्दैन पेटभरी

                         मैले के गरेर खाम…’ (महिला)

सर्टिफिकेट राखेर ऋण झिक्न पाइने सरकारी निर्णय सुनेर बैंकमा पुगेका युवालाई कर्मचारीले धितो/आयस्रोत नभई ऋण दिन नसिकने भन्दै रित्तो हात फर्काउँछन् । उल्टै सरकारसँग गएर ऋण माग्नु भनेर रुखो जवाफ लगाउँछन् ।  

गीतमा प्रयुक्त संवादले शैक्षिक कर्जा कार्यान्वयनमा देखिएको सकसलाईसमेत दर्शाउँछ । यसरी देशमै स्वरोजगार बन्नबाट बञ्चित शिक्षित युवाको मनोदशा र त्यसले उब्जाएका प्रश्न गीतमा मुखरित छन् । गीतको रचना गर्भ पनि यही हो । 

सिर्जना गर्दा जहिल्यै जनजीवनका मुद्दा रोज्ने लोकगायक विष्णु खत्री र गायिका सजना बास्तोलाद्वारा स्वरबद्ध यस गीत युट्युबमा सार्वजनिक भएको भर्खर २४ घण्टा बितेको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलबाट सार्वजनिक गीतको म्यूजिक भिडियोले विस्तारै ‘भ्यूज’ पनि बटुल्दै छ । 

सर्जक तथा गायक खत्रीले गीतको मार्फत् नेपालमा व्याप्त शैक्षिक बेरोजगारीको समस्यालाई उजागर गर्न खोजिएको बताउनुभयो । “नागरिकलाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी दिलाउनु सरकारको दायित्व हो”, उहाँले भन्नुभयो, “यिनै मुद्दामा गीत लक्षित छ, कोही बेरोजगार नहोस, उत्पीडनमा पर्नु नपरोस्, राज्यले अभिभावकत्व लिइदिओस् ।”

स्वदेशमा रोजगारीको अभावले अहिले पनि दैनिक सयौँ नेपाली युवा विदेश भौँतारिनुपर्ने स्थिति छ । शैक्षिक जनशक्ति पलायन पनि उत्तिकै छ । समृद्ध, समुन्नत र न्यायपूर्ण समाज र देश निर्माणमा पनि गीतले सिर्जनात्मक खबरदारी गरेको लोकगायक खत्रीले सुनाउनुभयो । म्यूजिक भिडियोमा कलाकार विनोद न्यौपाने र जुना सुन्दासले गरेको अभिनयले गीतबाट दिन खोजेको सन्देशलाई सरल तर कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । लोकसङ्गीत क्षेत्रका चर्चित गायक÷सर्जक खत्रीका यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित कैँयन गीत सार्वजनिक भइसकेका छन् । 

उहाँका ‘भरिया दाइ’, ‘अन्तरजातिय विवाह’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘किसानी दाइ’, ‘आमा म मरेको छैन’ लगायतका गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्री दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव