१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल्पसा डंगोल (चम्सुरी)को मिर्गौला प्रत्यारोपण गरिंदै

२५ फाल्गुन २०७८, बुधबार ०९:३२

फागुन २५, काठमाडौँ । हास्य कलाकार पल्पसा डंगोलको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।

प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।

‘खर्च जुटाउन कलाकार संघको तर्फबाट समिति बनाउने तयारी गर्दैछौं,’ उनले भने, ‘चलचित्र विकास बोर्ड मातहतको कल्याणकारी कोषबाट समेत सहयोग गर्न पहल हुनेछ ।’

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी उनी ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव