हेम चन्द्र राई , युएई - दुबई , वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई आएका सिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई , युएई - दुबई , वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई आएका सिक"/>
२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिक्किमको ठिटो दुर्गा क्षेत्रीले ल्याउदै साङ्गितिक कोसेली “दसैं तिहार देउशी र भैलो”

२८ भाद्र २०७३, मंगलवार ०१:४१

हेम चन्द्र राई , युएई – दुबई , वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई आएका सिक्किमको ठिटो दुर्गा क्षेत्रीले नेपाली हिन्दु महान चाड बडादसैं र दिपावालीको शुभ अवसरमा " दसैं तिहार देउशी र भैलो " दोस्रो साङ्गितिक कोसेली एल्बम ल्याउन लागेका छन । जन्म भुमि सिक्किम भए पनि उनलाई पुर्खाको भाषा , सस्कार रितिरिवाज , रहनसहन सबै नेपाल प्रती नै तनमन रहेकोले यो दोस्रो साङ्गितिक कोसेली ल्याउन लागेको बताए ।

सङ्गीतको दुनियाँमा प्रवासमा रहेर पनि सिक्किममा , दार्जीलिङ , नेपालमा रहनुहुने र आफ्नो बिभित कारणवश वैदेशिक रोजगारीमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीको कोसेली स्वरुप उनले यो पटक नेपाली हिन्दु धर्मवलम्भीहरुको महान पर्व बडादसैं र दिपावलीको अवसरमा दसैं तिहार देउशी र भैलो एल्बम ल्याउन लागेको बताएका छन । सिक्किम जन्म भुमी भए पनि आफ्नो पिताजि ओखलढुंगा ( बासबोटे ) जिल्ला बाट सिक्किम जानू भएको र नेपालको मायाले हाल उदयपुर कटरीलाई कर्मभुमि बनाए पनि नेपाली गित सङ्गीतलाई माया गरेको बताए ।

सिक्किम आमा भए पनि नेपाल आफ्नो बाबा रहेको बताउने दुर्गाले पहिलो एल्बम निर्दोष आधुनिक गीति सङ्गालो ल्याएका थिए । श्रोताले पहिलो एल्बममा रहेको गितहरु रुचाएकोले पुन उनले नयाँ दोस्रो एल्बम दसैं तिहार देउशी र भैलो एल्बम ल्याउन लगेका हुन । उनले निर्दोष एल्बमबाट आफ्नो शब्दमा रहेको गितमा आफ्नो लगानी साथै मोडलिङ पनि गरेकाछन । उनको पहिलो एल्बमको म्युजिक भिडियो मलेशियामा नै गराएका थिए । दोस्रो एल्बमको म्युजिक भिडियो युएई स्थित दुबईमा नै गर्ने लगेको र अब छिटै काम सक्ने बताएका छन ।

गित सङ्गीतको अलावा उनलाई सफल मोडलिङ बन्ने उच्च महत्वाकांक्षा समेत रहेको बताउने दुर्गा क्षेत्रीको यो दोस्रो एल्बममा रमेश बिक्रम रत्न लक्ष्मी परियार , झलक योगि र सिमा थापाको स्वर , लय रमेश बिक्रम रत्न , एरेन्जर सुन्दर लामा रहेको छ भने शब्द स्वयं आफ्नो रहेको छ । गितको रचनाकार संगै मोडल बन्ने अर्को उनको धोको हो । सिक्किम भारतमा परेपनि खासमा नेपालमय भएको बताउने दुर्गाले नेपाली सङ्गितको बजार नेपाल प्रवास सिक्किम बराबर रहेको जनाए । आफ्नो पुर्खाहरु वीर गोर्खालीको सन्तान भएकोले पनि नेपाली सङ्गीत आफ्नो सम्भव भए बलबुताले सकुन्जेल नेपाली सङ्गीतमा सदैव रहने धारणा ब्याक्ति गरेका छन । उनले आफ्नो यो दोस्रो एल्बमले अझै नेपाल नेपाली प्रवासमा रहेको नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नौलो आयम थप्ने बिश्वास जाहेर गरे  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ