प्रभात सुवेदी । भाद्र २९, बर्दिया । यतिखेर बर्दियाली युवा गायक तथा सङ्गीतकार राजेन्द्र बजगाई विदेशमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा व्यस्त रहने गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भाद्र २९, बर्दिया । यतिखेर बर्दियाली युवा गायक तथा सङ्गीतकार राजेन्द्र बजगाई विदेशमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा व्यस्त रहने गरेका छन् । 

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चम्किँदै छन् राजेन्द्र

२०७३, २९ भाद्र बुधबार १४:५३

प्रभात सुवेदी । भाद्र २९, बर्दिया । यतिखेर बर्दियाली युवा गायक तथा सङ्गीतकार राजेन्द्र बजगाई विदेशमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा व्यस्त रहने गरेका छन् । 


हालै मात्र तीजको सन्दर्भ पारेर बाँके बर्दिया राइजिङ स्टारले मालदिभ्सको राजधानी मालेमा आयोजित भव्य सांगीतिक कार्यक्रममा सहभागीता जनाउन पुगेका बजगाईंले मालदिभ्सका अत्यन्तै मनमोहक दृश्यहरुको समेत मनग्यै फाइदा उठाएका छन् । लोक बहादुर सलामीको शब्द, उनको संगीत र पुष्कर सुनुवारको संगीत संयोजनमा राजेश पायल राईको आवाजमा सजिएको गीत ‘सानु तिमीलाई’ को छायाँकनमा त्यहाँका निकै मनमोहक दृश्यहरुलाई समेटेको उनी बताउँछन् । 

प्रशान्त थापाले निर्देशन गरेको यसको म्युजिक भिडियो नेपालमा आएर इडिटिङ तथा मिक्सिङ र प्राविधिका कार्य सकेपछि चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेका उनी यो गीतले आफूलाई अझ माथि उठाउनेमा विश्वस्त रहेका छन् । यस गीतको मोडलिङमा इन्द्र सापकोटा र अश्मी वि.सी. रहेका छन् । 

संगीतको औपचारिक रुपमा प्राज्ञिक ज्ञान नलिएतापनि संगीतमा प्रयोग हुने व्याकरणमा निकै दख्खल राख्दछन् उनी । उनी भन्छन् ‘संगीत मेरो जीन्दगी बनिसकेको छ, अब मेरो जिउने आधार पनि यही हो ।’ सानैदेखि संगीतमा रुची राख्ने बजगाईंले पारीवारिक रुपमा पश्रय पाउन नसकेतापनि आफ्नै बर्कतले यहाँसम्म आएको बताउँछन् । हाल उनले संगीत गरेका लोक तथा दोहोरी, लोकपप, आधुनिक तथा गजलहरु निकै चर्चामा छन् । त्यसैमध्ये हालसालै बजारमा आएको उनको रचना र संगीतमा पुष्कर सुनुवार र ज्योती मगरले गाएको करुवा तेलले निकै चर्चा कमाइसकेको छ । 


वर्तमान बजार र मागलाई बुझेर संगीत गर्न सक्ने अकल्पनीय क्षमता उनमा रहेको छ । तर, आफ्नै गाउँठाउँमा आयोजना गरिने मेला तथा महोत्सवहरुमा भने उपेक्षित हुने गरेकोमा दुखेसो पोख्दछन् । यसो हुँदाहुँदै पनि स्वदेश तथा विदेशमा हुने विभिन्न ठाउँका कार्यक्रमहरुमा भने आम दर्शक तथा श्रोताहरुको माया प्रसस्त पाइरहेकोमा भने सन्तुष्ट छन् । 

कार्यक्रमको शिलशिलामा मालदिभ्समा नै रहेका राजेन्द्र बजगाईँ नेपाल आएपछि भने फेरी अरु मुलुकहरुमा कार्यक्रमका लागि जाने तय भएको बताउँछन् । उनले संगीत गरेका गीतहरुमा नेपालका स्थापित गायक गायिकाहरु प्रमोद खरेल, शिशिर योगी, पारु शाही लगायतले आवाज दिइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से