चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो ।
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

रोल्पा र प्यूठानमा छायांकन गरिएको चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी (भिडियोसहित)

५ आश्विन २०७३, बुधबार ०६:००

चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो ।

 मौलिक संस्कृतीको जगेर्ना गर्ने सन्देश बोकेको यो चलचित्रलाई म्युजिक भिडियोमा निर्देशन गर्दै आइरहेका दिप सागरले निर्देशन गरेका छन् । पुरानो पुस्ता दशैं तिहारको विचमा देशभर एक साथ रिलिज हुने निर्देशक सागरले बताए । उनले भने– ‘रिलिज मिति तय हुन मात्रै बाँकी हो, दशैं तिहारको विचमा पुरानो पुस्ता रिलिज हुने पक्का छ ।’

 यस फिल्मको ट्रेलर पनि युट्युवमा सार्वजनिक भइसकेको छ । फ्लोरिना फिलिम्स् प्रालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता सावित्रा ओली हुन् ।

 चलचित्रको छायांकन रोल्पा तथा प्युठानमा गरिएको छ । चलचित्रमा राप्तीका पहाडी जिल्लाहरुको रमणीय दृष्य देख्न पाइने चलचित्रका लेखक संजिब पौडेलले बताए । चलचित्रमा हजुरबाहरुको कथालाई प्रस्तुत गरिएको कार्यकारी निर्माता सावित्राले जानकारी दिइन ।

‘पहिलेका मानिसहरुले दैनिक गुजार्ने गरेका संघर्ष कथामा चित्रण गरिएको छ ।’ उनले थपिन ‘नुन, तेलको कहाँ जानुपर्दथ्यो र कति सम्म दुःख गर्थे भनेर देखाइएको छ ।’ यो चलचित्र एउटा मौलिक र उत्कृष्ट चलचीत्र बनेको कलाकार विराज विष्टले दाबी गरे ।

 फिल्म अन्य फिल्म भन्दा फरक र मौलिक बिषय बस्तु सहित बनेकोले सबैले मनपराउने उनको विश्वास छ । यो फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्ट्रि श्रेष्ठ लगाएतका कलाकारको मुख्य अभिनय छ ।

 चलचित्रमा तीन वटा गीत समावेश छन् । फिल्ममा छायांकन दिपसागरको रहेको छ । पुरानो पुस्तामा संगीत डमप्रकाश पुनको र शब्द रचना कृष्ण प्रसाद पौडेलको छ । प्रस्तुति: शंकर केसी, सल्यान 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल