२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएकाहरुले कसरी लिने सहुलियत कर्जा ? फारम पुष मसान्तसम्म भर्नुपर्ने

६ पुष २०७५, शुक्रबार १७:२३

पुष ६, काठमाडौँ | बैदेशिक रोजगार पर्वर्धन वोर्डको सचिवालयले बैदेशिक रोजगारीको क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की स्वदेशमै पेशा व्यवसाय/उद्द्म गर्न इच्छुकहरुलाई रु १० लाखसम्मको ऋण दिने सूचना गरी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ मा यस सम्बन्धि नीति तथा कार्यक्रम लागु गरेको हुँदा १० लाखसम्मको सरल कर्जा लिन वोर्डले सूचना जारी गरेको हो । यस सुविधा लिन चाहने नेपाली नागरिकले तोकिएको ढाँचामा फारम भारी २०७५ पुष मसान्त भित्र पठाईसक्नुपर्ने जारी सुचनामा उल्लेख छ । 

आवेदन फारम बोर्ड सचिवालयको वेवसाइट www.fepb.gov.np बाट डाउनलोड गर्न सकिन्छ ।  साथै, निवेदन सचिवालयको ईमेल ठेगाना [email protected] बाट समेत पेश गर्न सकिने वोर्डले जनाएको छ । 

कसरी लिने सहुलियत कर्जा ? 

विदेशबाट फर्किएकाहरुले स्वरोजगार हुनका लागि वैदेशिक रोजगार सम्बन्धी ज्ञान/सीप/तालिम/अनुभवको प्रमाणित प्रतिलिपिहरु साथमा लिई बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय जानुपर्ने छ । बोर्डमा गई एउटा फारम भर्न दिन्छ । सो फारम सही तरिकाले भर्नुपर्छ । फारम भर्दा एक प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ । साथै फारममा तिन पुस्ताको पुरा नाम, ठेगाना, विदेश गएको देशको नाम, रोजगारदाताको कम्पनिको नाम, विदेश बसेको अवधि, अनुभव, सीप र नेपालमा गर्न लागेको पेशा वा व्यवसायको नाम, ठेगाना र अनुमानित लाग्ने खर्चको विवरण भर्नु पर्दछ । 

कर्जा लिन आवश्यक कागजातहरु के-के छन् ? 

- ऋण लिन जाने व्यक्तिको नेपाली नागरिकताको प्रतिलिपि

- राहदानी र प्रवेशाज्ञाको प्रतिलिपि

- श्रम स्वीकृतिको प्रतिलिपि

- कुनै पनि देशमा कम्तीमा ६ महीनासम्म सम्बन्धित तालीम र पेशा व्यवसायको प्रतिलिपि

वोर्डले प्राप्त हुन आएका निवेदनहरु मध्ये तोकिएका शर्तहरु पुरा भएका निवेदनहरु मात्र संकलन गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले स्वरोजगार हुन चाहनेको लगत विवरण तयार पार्ने र आवश्यक सहयोगका लागि सिफारिस सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नेछ । 

कर्जा रकम जुन उद्देश्यका लागि लिएको हो सोही उद्देश्यमा उपयोग गर्नुपर्छ ।

हेर्नुहोस् सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान