२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार – वेटर/वेट्रेस तालिमको पाठ्यक्रम हेर्नुहोस्

२०७६, २ जेष्ठ बिहीबार १२:५३

सास (काठमाडौँ) | वैदेशिक रोजगार विभागले २०७६ असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएसँगै बैदेशिक रोजगारीमा जान चाहने युवाहरुले रोजगारमुलक सीप सिकाईको जानकारी लिन अत्यावश्यक देखिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो । यो नीतिसँगै बैदेशिक रोजगारीमा जान चाहने युवायुवतीहरुले सुचीकृत तालिम प्रदायक संस्थाबाट तालिम लिनु अत्यावश्यक हुने भएको छ । 

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि बैदेशिक रोजगार बिभागबाट स्वीकृति प्राप्त तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिनेछ । 

सिपमुलक तालिम संचालनको लागि बिभिन्न ८ विधामा तालिमको पाठ्यक्रम निर्धारण गरिएको छ । जस अन्तर्गत हाउस किपिङ, स्टिल फिक्सर, वेटर/वेट्रेस, मेशन, सेक्यूरिटी गार्ड, कुक, प्लम्वर र हाउस पेन्टिङ तालिम पाठ्यक्रम हेर्न तथा डाउनलोड गर्न 'बैदेशिक रोजगार' मोबाइल एप आफ्नो मोबाइलमा राख्न सक्नुहुन्छ । तल तपाइले वेटर/वेट्रेसबारे जानकारी र त्यसको निर्धारित पाठ्यक्रम अध्ययन गर्न सक्नुहुनेछ ।  

वेटर/वेट्रेसबारे जानकारी

वेटरको काम भनेको रेष्टुरेन्टमा पाहुनालाई खाना र पेय पदार्थको सर्भिस दिने, मिजा सिङ गर्ने र पाहुनाले खाना, पेय पदार्थ खाएको जुठो भाडा उठाउने र पाहुनाको टेवल सफा गर्ने व्यक्ति हो । 

वेटरले मिजा प्ला, मिजा सिन गर्ने, टेवल सेटअप गर्ने, संधै ब्रफीङमा हाजिर हुने, रेष्टुरेन्टमा चाहिने सामग्रीहरु स्टोरबाट ल्याउने, रेष्टुरेन्टमा चाहिने सफा कपडाहरु लण्ड्रिमा दिने/लिने, सहि टेवलमा सहि पाहुनलाई खाना तथा पेय पदार्थको सर्भिस दिने, जुठो भाँडाहरु टेवलबाट हटाउने, आवश्यक परेमा पाहुनाको बिल दिने जस्ता काम गर्नुपर्ने हुन्छ । 


वेटरले पाहुनाको स्वागत सत्कारमा निकै ध्यान दिनुपर्ने हुन्छ । राम्रो सेवा दिन सके टिप्स समेत पाउन सकिन्छ । पाहुनाको हराएको वा खोजेको सामान राम्रोसँग पहिचान गरेर फिर्ता दिने, शारीरिक अशक्त पाहुनालाई राम्रोसँग आदारसत्कार गर्ने, सबै पाहुनासँग राम्रो बोलीले सत्कार गर्ने, किस्तीहरु, काटाचम्चाहरु राम्रोसँग बोक्ने, खाना तथा पेय पदार्थ बोक्दा सहि ढंग पुर्याउने, नाप्किन फोल्ड गर्ने, टेवल मेनुको आधारमा टेवल सेटअप गर्ने, पाहुनाको अगाडी हसिलो र फुर्तिलो बन्ने, आफू सफा र सुग्घर रहने जस्ता काम गर्नुपर्छ । 

यस सम्बन्धि पाठ्क्रम तल हेर्नुहोस् वा यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस् 
Download Size: 2.02 Mb


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा