१ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको श्रम मन्त्रालयद्वारा रोजगारदाताहरुले कामदारको सुरक्षाको लागि अपनाउनुपर्ने उपायहरुको सूचना

१० बैशाख २०७७, बुधबार ०७:१०

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशन सम्बन्धी सूचना ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनका निम्ति अपनाउनुपर्ने उपायहरुका सम्बन्धमा जारी गरेको निर्देशनका मुख्य बुँदाहरुः

१. जानकारी तथा सचेतना

• रोजगारदाता कम्पनीले कोरोना भाइरससम्बन्धी आफ्ना कामदारहरुलाई सूचना बाँड्ने र सचेतना जगाउने र व्यवसाय र सरकारले चालेका कदमहरुबारे जानकारी दिने।

• व्यक्तिगत सरसफाइ जस्तो कि हात धुने, खोकी र हाँच्छ्यु गर्दा मुख छोप्ने, हातले मुख नछुने तथा शरीरको तापक्रम र श्वासप्रश्वास निग्रानी गर्ने जस्ता बानीहरुको महत्वबारे कामदारहरुलाई जानकारी गराउने।

• कामदारहरुले बोल्ने भाषामा जानकारी दिने र प्रश्न र धारणा राख्न प्रोत्साहन गर्ने।

२. सरसफाइ

• धेरै प्रयोगमा आउने स्थानहरु जस्तो कि भान्सा, शौचालय, क्यान्टिन, रेलिङ्गजस्ता स्थानहरुको सरसफाइ बढाउने।

• ढोकाको ह्यान्डिल, किबोर्ड, रिमोट कन्ट्रोल, टेबल जस्ता प्रयोग भइरहने सतहहरु प्रयोग गर्दा प्रत्येक पटक पुछेर प्रयोग गर्नका लागि कामदारहरुलाई वाइपहरु उपलब्ध गराउने।

३. भीडभाड घटाउने

• अर्को सूचना नआएसम्म कार्यघन्टा ६ घन्टामा सीमित गर्ने।

• कार्यस्थलमा कामदारहरुको प्रवेश र बहिर्गमन फरक फरक समयमा मिलाउने ।

• साझा स्थलहरु जस्तै क्यान्टिन र लुगा फेर्ने कोठाहरुमा भीडभाड हुन नदिइ एक पटकमा निश्चित संख्यामा कामदारुले प्रयोग गर्ने व्यवस्था मिलाउने ।

• कार्यस्थल र बस्ने ठाउँमा भीडमाड घटाउन प्रत्यक कामदारलाई ६ वर्ग किमि को ठाउँ उपलब्ध गराउने ।

• अत्यावश्यक बाहेकका सबै प्रत्यक्ष बैठकहरु नगर्ने र आन्तरिक गतिविधि तथा आवतजावत पनि कम गर्ने ।

• सबै तालिम कार्यक्रम बन्द गर्ने।

४. कार्यस्थल सुरक्षा

• कोरोना सङ्क्रमण रोक्न र कामदारहरुलाई जोगाउन जोखिम मूल्याङ्कन गर्ने ।

• कोभिड १९ का केसहरु र उनीहरुसँगका सम्पर्क पहिचान गरी व्यवस्थापन गर्न जनस्वास्थ्य अधिकारीहरुसँगको सहकार्यमा योजना बनाउने।

• मानसिक स्वास्थ्यमा विचार पुर्याउने (जस्तोकी काम, तलब, सुरक्षा, कोरोनाको सङ्क्रमण र परिवारको अवस्थाको चिन्ता)

• निको भएर आएका कामदारहरुलाई मानसिक र सामाजिक सहयोग उपलब्ध गराउने ।

• काममा जानु अघि र कामबाट फर्किसकेपछि कामदारहरुको ज्वरो नाप्ने।

• ज्वरो आएका कामदारहरुलाई अलग्ग राखी १६००० मा सम्पर्क गर्ने ।

• कम्पनीभित्र उपलब्ध क्लिनिकहरुमा कामदारहरुको स्वास्थ्य अवस्थाबारे बुझ्ने। मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरु सङ्क्रमणको जोखिममा भएकाले उनीहरुलाई विशेष ध्यान दिने।

• बसको क्षमताको ५०% सिटहरुभन्दा धेरै कामदारहरु नराख्ने।

• कार्यस्थलमा मास्क र स्यानिटाइजरको सुनिश्चितता गर्ने।

• कार्यस्थलमा कुनै प्रकारको भेला हुन नदिने र काम गर्दा कामदारहरुबीच दूरी कायम गर्ने ।

• कार्यस्थलमा अरु सम्बन्धित सुरक्षा र स्वास्थ्य जोखिमबारे ध्यान दिने।

सबै रोजगारदाता कम्पनीले माथि उल्लेख भएबमोजिमका निर्देशनहरु पालना गरेको वा नगरेको बारे श्रम निरीक्षण विभागले कडा निगरानी गर्ने र निर्देशन पालना नभएको खण्डमा Law No 9 of 2020 र Decree Law No 17 of 1990 अनुसार दण्ड जरीवाना हुने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताए चैत मसान्तसम्म २९ प्रतिशतमा विकास खर्च खुम्चियाे एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गरेका एक पसललाई २ लाख जरिवाना आज भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइँदै कांग्रेसका नेता कोइरालाले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरे नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले