२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? के के समान ल्याउन पाइन्छ (हेर्नुहोस् सूचीसहित)

२०७७, ३ कार्तिक सोमबार ०८:०२

कात्तिक ३, काठमाडौं । विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ या फर्कने तयारीमा हुनुहुन्छ ? वैदेशिक रोजगारीमा गएर होस् वा विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीहरु स्वदेश फर्किँदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुनचाँदीका गहनालगायतका सामग्री बोकेर आउने गर्दछन् ।  

अझ दसैँतिहार जस्ता ठूला चाडपर्व आएसँगै केहि न केहि समान घर लैजाने चाहना सबैको हुन्छ तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट के के समान नेपाल ल्याउँदा कति रकम भन्सार तिर्नुपर्छ ? के के मा भन्सार छुट हुन्छ भन्ने जानकारी नहुन सक्छ ।  

विदेशबाट सामान लिएर आउने नेपालीलाई सरकारले वस्तु तथा संख्याका आधारमा भन्सार छुटसमेत दिँदै आएको छ भने कतिपय सामानमा भने अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ । 

विदेशबाट कुन सामान ल्याउन पाइने ? कति ल्याउन पाइने ? सामानको भन्सार शुल्क कति लाग्ने ? भन्ने विषयमा जानकारी दिंदैछौं । 

भन्सार लाग्ने/नलाग्ने सामान 

वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बसेर फर्किँदा ३२ इन्चसम्मको टीभी ल्याउनसक्ने सुविधा सरकारले दिएको छ । तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पूरा नभई फर्किएकालाई भने छुट पाउँदैन । ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएमा भने इन्चअनुसार भन्सार लाग्ने व्यवस्था झिटीगुन्टामा उल्लेख छ ।

त्यस्तै, एकभन्दा बढी टीभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था छ । यस्ता समानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । साथै, विदेशमा काम गरेर फर्किएकालाई दुई थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन । साथमा एउटा बोकेर आउन पाइन्छ । त्योभन्दा बढी ल्याए बजार भाउअनुसार भन्सार लाग्छ ।

यसैगरी, सरकारले ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १/१ वटा ल्याउँदा पनि भन्सारमा छुट दिएको छ । 

यस्तै, १ लिटरसम्म रक्सी मात्र ल्याउने सुविधा सरकारले दिएको छ । त्योभन्दा बढी भन्सार रकम तिरे पनि ल्याउन पाइँदैन भने १ लिटरभन्दा धेरै रक्सी ल्याएमा भन्सार तिर्नुपर्छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुदसम्बन्धी सामान, संगीतकर्मीले वाद्यवाधनका सामग्रीलगायतका सामान १/१ थान ल्याउन भन्सार तिर्नुपर्ने हुन्छ । 

यस्तै, औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रूपमा अशक्तहरूको सहाराका लागि ल्याइने सामग्रीमा पनि भन्सारमा भने पूर्ण रूपमा छुट दिइएको छ । 

कुनै समानमा भने ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ । मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार लाग्छ । 

यसैगरी निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौनालगायत घरायसी उपयोग तथा व्यक्तिगत प्रयोजनका विभिन्न सामग्री ल्याएमा भन्सारमा छुट दिइएको छ । तर, ठूलो परिमाणमा भने बोकेर ल्याउन पाइँदैन । यदि ती सामान ल्याएमा  किलोका दरले भन्सार तिर्नुपर्छ ।

१५ थान लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिने झिटिगुन्टामा व्यवस्था छ । व्यावसायिक पेसामा लागेका व्यक्तिहरूले आफ्नो दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ ।

यस्तै, सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ । अर्थ मन्त्रालयका अनुसार यसबाहेक बढीमा १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ । तर, यसमा सरकारले तोकिएको भन्सार शुल्क लिने गरेको छ भने चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि समदरमा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने पनि सरकारले तयारी थालेको छ । 

विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किँदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था सरकारले गरेको छ । तर, सरकारले तोकेभन्दा धेरै सामान बोकेर आएको खण्डमा त्यस्ता सामानको भन्सार भने स्ययम् व्यक्तिले झिटीगुन्टामा  तिर्नुपर्ने कानुनी व्यवस्था छ । 

सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क लाग्दैन । ५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको ५ हजार २ देखि सय ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ, १ सय ५० देखि २ सय ग्रामसम्मको प्रति १० ग्राम ७ हजार २ सय तथा २ सयदेखि २ सय ५० ग्रामसम्मको प्रति १० ग्राम ९ हजार २ सय रुपैयाँ भन्सार लाग्नेछ छ । 

चाँदीका हकमा १ सय ग्राम चाँदी ल्याएमा भन्सार तिर्नुपर्दैन । योभन्दा धेरै बोकेर आएको खण्डमा झिटिगुन्टामा भएको व्यवस्थाअनुसार भन्सार तिर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा