२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जाँदा यस्ता समस्या आईलाग्न सक्छन्

२०७७, २६ पुष आईतवार ०६:२६

सास | नेपालबाट वैदेशिक रोजगारमा जाने कसैले पनि गैरकानुनी बाटो प्रयोग गर्नु हुँदैन । भिजिट भिसामा गई सम्बन्धित देशमा काम गर्ने उदेश्यले जानु पनि गैर कानुनी बाटो हो । त्यस्तै वैदेशिक रोजगारमा पठाउने अनुमति नपाएको व्यक्ति मार्फत व्यक्तिगत श्रम स्वीकृति लिएर चर्को पैसा तिरेर पनि वैदेशिक रोजगारमा जानु हुँदैन ।

त्यस्तै आकर्षक काम र तलबको प्रलोभनमा नेपालबाट श्रम स्वीकृति नलिई नेपालबाहेक अर्को देशमा पुगेर त्यहाँबाट पनि अर्को देशमा जानु हुँदैन । 

अवैधानिक रुपमा विदेश जाँदा निम्न समस्या आईपर्न सक्छन्: 

- दलालहरुबाट ठगीमा पर्ने 

- मानव तस्करी तथा बेचबिखनमा पर्न सक्ने 

- रोजगार पाउनको लागि तोकिएभन्दा धेरै रकम तिर्नुपर्ने 

- भनिएको भन्दा फरक वा जोखिमयुक्त काम गर्नु पर्ने 

- तोकिएको भन्दा कम तलब तथा सेवा सुविधा पाउने 

- पक्राउ वा थुनामा पर्ने सम्भावना 

- दुर्घटना वा अन्य कारणले मृत्यु हुँदा उद्दार गर्न समस्या हुने 

- रोजगारको क्रममा शारिरिक, आर्थिक मानसिक वा अन्य शोषणमा पर्ने जोखिम हुने । 

- वैदेशिक रोजगार वोर्डबाट आर्थिक सहायता नपाउने 

वैदेशिक रोजगार सम्बन्धि सम्पूर्ण जानकारी पाउन 'Baideshik Rojgar' मोवाइल एप डाउनलोड गर्नुहोला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने