२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? कुन सामान ल्याउँदा कति लाग्छ भन्सार ? हेर्नुहोस्

१ बैशाख २०७८, बुधबार ०९:१०

बैशाख १, काठमाडौं । के तपाई वैदेशिक रोजगारीबाट नेपाल फर्कदै हुनुहुन्छ ? कुन सामान नेपाल ल्याउँदा कति रुपैंया भन्सार तिर्नुपर्छ भनेर जान्न चाहनुहुन्छ ? त्यसो हो भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुनेछ । भन्सार विभागले पछिल्लो समय कायम गरेको भन्सार दररेट बारे जानकारी दिंदैछौं ।

नेपाली नागरिक नेपाल सरकारको श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा जानु भएको हो ? र १२ महिना वा सो भन्दा बढी विदेश बसेर नेपाल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वीकृती भएको साथै लगातार १ वर्ष भन्दा बढी बैदेशिक रोजगारी गरी नेपाल फर्कनु भएको हुँदा एक पटकको लागि ३२ इन्च सम्मको टिभीमा महसुल लाग्दैन । यदि तपाई १२ महिना भन्दा कम अवधि विदेश बसेर नेपाल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वीकृती भएतापनि साथै लगातार १ वर्ष भन्दा कम मात्र विदेश बसी फर्कनु भएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ । साथै यदि तपाई नेपाल सरकारको श्रम स्वीकृती नलिइ वैदेशिक रोजगारीमा जानु भएको हो भने तपाईंको श्रम स्वीकृती नभएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ। 

३२ इन्च भन्दा ठुलो नेपाल ल्याउँदै हुनुहुन्छ भने टेलिभिजन महशुल भन्सार कार्यालयद्वारा कायम गरिएको मूल्यमा : भन्सार महसुल २० प्रतिशत, अन्तशुल्क १० प्रतिशत, र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्नेछ ।

सुन ल्याउँदा कति लाग्छ ? 

सुनका गहना

सुनका गहना ५० ग्रामसम्ममा कुनै भन्सार महसुल लाग्दैन ।

सोभन्दा बढी १०० ग्राम सम्मको सुनको गहनामा प्रति १० ग्राम १०५०० रूपैया भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।

त्यो भन्दा बढी सुनका गहना बोकेको अवस्थामा थप १०० ग्रामसम्म प्रति १० ग्राम रू. १२००० भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।

तर, २५० ग्राम भन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुनेछ ।

जस्तो तपार्इले २६० ग्राम सुनको गहना बोक्नु भयो भने,

सुरूको ५० ग्राम भन्सार महसुल = ०

५१ ग्रामदेखि १५० ग्राम सम्म (१०० ग्राम सुनको गहनाको भन्सार) = १०० * १०५०० / १० = १,०५,०००

१५१ ग्रामदेखि २५० ग्रामसम्म (१०० ग्राम सुनको गहनाको भन्सार) = १०० * १२००० / १० = १,२०,०००

२५१ ग्रामदेखि २६० ग्राम सुन (१० ग्राम सुन) = जफत हुने

काँचो सुन

काँचो सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ ।

पहिलो ५० ग्रामसम्म प्रति ग्राम ९५० रूपैंया भन्सार महसुल लाग्दछ ।

थप ५० ग्राम सम्म प्रति ग्राम १०५० रूपैया भन्सार महसुल लाग्दछ ।

सो भन्दा बढी काँचो सुन बोकेमा बढी भएजति सबै सुन जफत हुनेछ ।

अन्य सामान 

महसुल लाग्ने वस्तुहरु


भन्सार महसुल बुझाई ल्याउन पाउने वस्तुहरु: नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका सामानहरुमा समदरमा भन्सार महसुल तिरेर ल्याउन पाइन्छ,

एक एक सेट :

व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान,

 अन्य नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा २/२ थान,

 यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।

महसुल नलाग्ने वस्तुहरु


आफ्ना लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले जारी गरेको पुर्जी बमोजिमको औषधि, शारीरिक सहाराको रुपमा प्रयोग गरेका सामान भए त्यस्ता सामान,एक एक थान :

 पेशागत प्रयोगका सामान्य प्रकारका सामानहरु:

 (जस्तैः ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलकुद सम्बन्धी सामान जस्तै फूटबल, भलिबल, बैडमिन्टन सेट,

सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु) १/१ थान,

 १ लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीको गहना गुरिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन