२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? के-के लाने ? जानुअघि परिवारलाई के-के कागजात छोड्ने ?

२०७८, ६ आश्विन बुधबार ०४:५१

टिप्स | वैदेशिक रोजगारमा जान चाहनेहरु जानु अघिनै धेरै कुरामा सचेत हुने र त्यसै अनुसारको पुर्वतयारी गर्ने हो भने वैदेशिक रोजगार सुरक्षित बनाउन सकिन्छ । विदेश जानु अघि २/४ महिना ढिलोनै किन नहोस धेरै कुरा बुझेर जाने हो भने आफैलाई भविष्यमा आईलाग्न सक्ने दुर्घटना तथा बिभिन्न समस्याबाट बच्न सकिन्छ साथै वैदेशिक रोजगारको क्रममा हुन सक्ने ठगिबाट पनि बच्न सकिन्छ । 

आफ्नो वैदेशिक रोजगार यात्रालाई सुरक्षित बनाउनको लागि साथै गन्तव्य देशमा पुगेर आउन सक्ने समस्या, स्वदेशमा जुन प्रलोभन देखाइएको छ त्यो अनुसारको सेवासुविधालाई सुनिस्चित पार्न, तथा स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेतको लागि पनि पुर्वतयारीले निकै ठूलो भूमिका खेल्छ । साथै आफू गएको मुलुकमा कुनैपनि समस्यामा फसेको अवस्थामा पनि तत्काल उद्दार हुने अवस्थाको लागि पनि पुर्वतयारीले भूमिका खेल्छ ।

हाल वैदेशिक रोजगार बिभागले नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा जाने सन्दर्भमा श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी अवस्था छ । आफू विदेश जानु अघिकै आफ्नो पासपोर्टको नम्बर अनुसार श्रम भएको नभएको ? कुन म्यानपावरबाट जाने ? कुन देशको कुन कम्पनीमा जाने ? कति तलब हुन्छ ? जस्ता जानकारी आफ्नो पासपोर्ट नम्बर हानेर सहजै चेक गर्न सकिन्छ ।  


यहाँ हामीले वैदेशिक रोजगारमा जानु अघि आफूले के-के कागजात वा सामग्री लैजाने र आफ्नो परिवारलाई के-के कागजात छोडेर जाने ? भन्ने प्रश्नको जानकारी दिन गईरहेका छौं ।

# आफूसाथै लैजानुपर्ने सामग्री तथा कागजातहरु निम्न छन् । 

१. आवश्यक कागजातहरु (भिसा, टिकट, पासपोर्ट, करारनामा, बिमापोलिसी आदि)

२. आवश्यक खर्च (सम्बन्धित देशको मुद्रा)

३. आवश्यक पर्ने व्यक्तिगत सामानहरु

४. सामान्य स्वास्थ्य समस्या आउँदा प्रयोग हुने औषधिहरु 

५. केहि खाने कुराहरु

६. आवश्यक पर्ने सम्पर्क नम्बरहरु

७. लगेज (लैजान मिल्ने सामानहरु मात्र)

याद गर्नुहोस्: वैदेशिक रोजगारमा जाने क्रममा पनि आफूले पहिलेदेखिनै राम्ररी चिने-जानेको बाहेक व्यक्तिले कुनै सामान पठाउनु छ भनेर भनेको भरमा सामानहरु लिएर नजानुहोला । आफूले अरुको सामान लैजानै पर्ने भएमा अनिवार्य के सामान हो निश्चित गरेर मात्र लैजानुहोला । 

# परिवारलाई छाडेर जानुपर्ने कागजात तथा विवरणहरु निम्न छन् । 

१. पासपोर्ट तथा भिसाको प्रतिलिपि

२. पासपोर्ट कागजात र आफूले जसलाई पैसा बुझाएको हो त्यसै संस्थाबाट गरेको प्रमाण खुल्ने श्रम स्वीकृति लिएको स्टिकरको प्रतिलिपि

३. करारनामा सम्झौता पत्रको प्रतिलिपि

४. बीमा पिलिसिको प्रतिलिपि

५. स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्रको प्रतिलिपि 

६. अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि

७. इजाजत प्राप्त संस्थालाई कानुन बमोजिम बुझाएको रकमको भरपाई (पैसा बुझाउँदा अनिवार्य भौचरमा 'वैदेशिक रोजगार' उल्लेख गर्नुहोला) 

८. सम्बन्धित इजाजतपत्र प्राप्त संस्था वा निजको प्रतिनिधिको सम्पर्क ठेगाना 

९. आफू जान लागेको कम्पनीको ठेगाना तथा सम्पर्क विवरणहरु 

१०. सम्बन्धित मुलुकको नेपाली दुतावासको ठेगाना तथा सम्पर्क विवरण 

११. सम्बन्धित देशमा वा कम्पनीमा कोहि चिनजानका व्यक्ति भएमा उनीहरुको सम्पर्क विवरण 

१२. सरोकारवाला निकायहरुको सम्पर्क विवरण (वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार वोर्ड, कन्सुलर सेवा बिभाग, आदि)

१३. विदेशबाट नेपाल रकम पठाउनका लागि प्रयोग हुने बैंकको विवरण 

# वैदेशिक रोजगार सम्बन्धित धेरै जानकारी पाउनको लागि Baideshik Rojgar मोबाइल एप डाउनलोड गर्नुहोला !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि