३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदशिक रोजगारमा जानु अघि सीप सिक्ने ? बोर्डले दिँदैछ निःशुल्क तालिम

१ कार्तिक २०७८, सोमबार १२:५३

कात्तिक १, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गर्दै आएको छ । बोर्डले प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, सहायक आल्मुनियम फेब्रिकेटर, जुनियर फर्निचर मेकर र जुनियर ब्युटिसियनको तालिम प्रदान गरिरहेको छ । तालिम अहिले पनि कतिपय ठाउँमा चलिरहेको र माग भएअनुसार माग भइआएको ठाउँमा तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ ।

अघिल्लो वर्ष तीन हजार सात सय जनालाई तालिम प्रदान गरेको र यो वर्ष फेरि १० हजार जतिलाई लक्षित गरेर तालिम दिने कार्यक्रम रहेको बोर्डले जनाएको छ । तालिम लिन चाहनेले आफ्नो पालिकामा रहेको रोजगार सूचना केन्द्रमा गएर पनि बुझ्न सक्नेछन् । तालिम लिनको लागि पालिकाले वा वडाले नै किटानी सिफारिस गरेको हुनुपर्नेछ ।

स्थानीय तहबाट यो विषयमा यति जनालाई तालिम दिलाइपाउँ भनेर माग भइआएको खण्डमा वैदेशिक रोजगार बोर्डले नै वडामा गइ तालिम सञ्चालन गराउने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तालिम दिइसकेपछि निःशुल्क सीप परीक्षण पनि गराइनेछ । तालिम कम्तीमा पनि एक महिनाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’