२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन देशबाट राहदानी बनाउदा कति शुल्क लाग्छ ? राहदानी लिने तरिका सहित

२७ मंसिर २०७८, सोमबार ०४:१०

- यो जानकारी पढीसकेपछि मात्र फाराम भर्न शुरु गर्नुपर्छ । 

राहदानी लिनको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।

तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । हाल ३४ पृष्ठको साधारण राहदानी मात्र छान्नु होला । ६६ पृष्ठको राहदानी करिब दुई हप्ता पछि उपलब्ध हुन्छ ।

नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने व्यवस्था छ ।

राहदानी विभागमा सामान्य अवस्थामा र राष्ट्रिय परिचयपत्रसँगको विवरण भिडेको र आवश्यक कागजात रुजु भएको अवस्थामा मात्र दुई कार्य दिनको सेवा लिन सकिन्छ । 


दस्तुर कति लाग्छ ? 

१. जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा चौतिस पृष्ठको राहदानी लिन पाँच हजार रुपयाँ र छैसट्ठी पृष्ठको राहदानी लिन दश हजार शुल्क लाग्छ 

२. राहदानी बिभागमा निवेदन दिएर बिभागबाटनै राहदानी बनाउन चौतिस पृष्ठको राहदानी लिन १२ हजार रुपयाँ र छैसट्ठी पृष्ठको राहदानी लिन बीस हजार शुल्क लाग्छ 

३. राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएको छ भने माथिकै दस्तुरमा थप ५ हजार शुल्क लाग्छ 

४. उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहर, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा १५० अमेरिकी डलर र छैसष्टि पृष्ठको दुई सय डलर वा सो बराबरको स्थानीय मुद्रा लाग्छ 

५. रुसी महासंघ र नेपाली राजदुतावास मस्कोको सहप्रमाणित मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिएर राहदानी लिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा ८० युरो र छैसट्ठी पृष्ठको हकमा १३० युरो वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ 

६. रुसी महासंघ र नेपाली राजदुतावास मस्कोको सहप्रमाणित मुलुक र साइप्रस बाहेकका युरोपेली मुलुकका विदेश स्थित नेपाली नियोगबाट राहदानी लिँदा चौतिस पृष्ठको १२० युरो र छैसट्ठी पृष्ठको हकमा १७० युरो वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ 

७. मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन, ओमान र यमन स्थित नेपाली नियोग र सो नियोगको सहप्रमाणिकृत मुलुकको लागि सम्बन्धित नियोगबाट राहदानी लिँदा चौतिस पृष्ठको ५० अमेरिकी डलर र छैसट्ठी पृष्ठको हकमा १०० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ 

८. माथिका बाहेक अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा राहदानी बनाउनको लागि निवेदन दिँदा प्रति राहदानी चौतिस पृष्ठको हकमा ८० अमेरिकी डलर र छैसट्ठी पृष्ठको हकमा १३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा शुल्क तिनुपर्छ 

९. राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएकोमा नियोगबाट नयाँ राहदानी लिनुपर्दा तोकिएको शुल्कको दोब्बर शुल्क तिर्नुपर्छ 

१०. दश बर्ष भन्दा कम उमेरका नावालकको हकमा बिभाग बाहेक सबै जिल्ला र विदेश स्थित निकायबाट राहदानी बनाउनको लागि तोकिएको शुल्कको आधा रकम शुल्क लाग्छ तर दश बर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानी बिभागमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि ९ हजार पाँच सय रुपयाँ र ६६ पृष्ठको १४ हजार ५०० रुपयाँ शुल्क लाग्छ 

११. बिभागबाट जारी हुने सिम्यान्स राहदानीको लागि १२ हजार र नियोगबाट जारी हुने सिम्यान्स राहदानीको लागि १२० अमेरिकी डलर वा सो बराबरको शुल्क तिर्नुपर्छ  

नागरिकता वा  नाबालिग परिचयपत्रको विवरण प्रष्ट फाराममा उल्लेख गरेको विवरण भरेपछि तोकिएका सक्कल कागजात करिब ४०० के बी हुने गरी स्क्यान गरेर अपलोड गर्नुपर्छ । फाराम १५ दिन सम्म सुरक्षित राख्न सकिन्छ ।

२०७८ मंसिर २७ पछि विद्युतीय राहदानीको लागि बुकिग गर्ने समय पाउन सहज हुँदैछ । 

१६ बर्ष माथिका र नेपालमा आवेदन गर्नेहरुको हकमा Activate भएको राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्छ । Activate भए नभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हट लाइन नम्बरमा (www.donidcr.gov.np/)  फोन गरेर वा भाइबर ह्वास्ट एपमा मेसेज पठाएर एकीन गरी सकेपछि मात्र लाइभ इनरोलमेन्टको लागि जानुहोला ।

अनलाइन भुक्तानीको व्यवस्था छिटै गरिने बिभागले जनाएको छ । हाल नगदबाट भुक्तानी गर्न सकिने व्यवस्था छ ।

विद्युतीय राहदानी सम्बन्धी थप जानकारी आवश्यक परेमा विभागको हटलाइन नम्बरहरु वा मोवाइल नं. ९८५१३२६८०१ र ९८५१३२६८०२  मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिन्छ ।

व्यक्तिगत सूचना हुनाले र भिडभाड हुने स्थलमा अनावश्यक बढी रकम लिएको जानकारी प्राप्त भएकोले सकभर आफैले वा आफ्नो निकटतम व्यक्तिको सहयोगमा फाराम भर्नुपर्छ ।

विद्युतीय राहदानीको लागि फारम भर्न तलको लिंक खोल्नुहोस ।

https://emrtds.nepalpassport.gov.np

याद राख्नुहोला, एक वर्ष वा सोभन्दा बढी  पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने