२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इ-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै यसरी पाइन्छ

२०७८, १७ माघ सोमबार ११:३३

माघ १७, काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । 

राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको छ ।

यदी तपाईंले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेको कारण आफ्नो काम रोक्नुभएको छ भने एसएमएस सेवा लिन सक्नुहुन्छ । एसएमएस सेवा लिनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गई N<space> १६ अङ्कको आवेदन नम्बर टाइप गरी 30001 मा म्यासेज गर्नसक्नुहुन्छ । उदाहरणका लागि तपाइको आवेदन नम्वर 1616161616161616 छ भने N 1616161616161616  टाइप गरी 30001 मा म्यासेज गर्नुपर्छ ।

तपाइले म्यासेज गरेपछि तपैले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलमै प्राप्त गर्न सक्नुहुन्छ । यदी नम्बर प्राप्त नभएमा एकपटक आफूले हानेको नम्बर पुन: चेक गर्नुपर्छ । सबै कुरा ठिक हानेको छ तर पनि आफ्नो परिचय पत्र प्राप्त नभएमा विभागको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुपर्छ । जसको लागि बागमती र गण्डकी प्रदेशका नागरिकहरुले ९८५१३१६०३४, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेज गर्दा पाएको रेस्पोन्सको स्क्रिन शट पठाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा