४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

२७ फाल्गुन २०७८, शुक्रबार ११:४७

फागुन २७, काठमाडौँ । देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो । 

एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो ।

गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २६६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनकि भएको छ । 

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा उल्लेख्य मात्रामा नेपाली नागरिक रोजगारीको खोजीमा विदेशिए । हरेक दिन जसो विभिन्न वायु सेवा प्रदायकले नेपाली युवा बाकेर धावनमार्ग छाड्यो । 

काम गर्ने उमेर समूहका मानिस विदेशिनु आफैमा देशका लागि राम्रो मानिदैन । एकातिर विदेशिने नेपालीको सङ्ख्यामा बढोत्तरी हुनु, अर्कोतर्फ विप्रेषणको आप्रवाह ओरालो लाग्नु आफैमा अमिल्दो देखिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरणमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता