पहिरामा पुरिएकी एक महिलाको जीवितै उद्धार

Posted on: 06 Jul, 2024

असार २२, गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  एक महिलालाई जीबितै उद्धार गरिएको छ । 

घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!