२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

देशैभर डेंगु नियन्त्रण नीति निर्माण गर्न डा.पुनको नेतृत्वमा कार्यदल गठन

१२ आश्विन २०८१, शनिबार ०८:४४

असोज १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेंगु फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ ।

गठित समितिमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन् । मन्त्री पौडेलको निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर  मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ ।

कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रुपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको  सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी समुदायस्तरमा डेंगु नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ ।

डेंगुबाट हुने  मृत्युदर कम गर्ने प्रभावकारी उपाय सुझाउन समेत समितिलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने