२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काखी रङ कालो हुनुको कारण र यो समस्याबाट छुटकारा पाउने उपायहरु ……….

२०८२, १३ जेष्ठ सोमबार ११:४२

काठमाडौँ । मानिसहरूले प्राय आफ्नो शरीरको हरेक भागको/अङ्गको राम्रोसँग हेरचाह गर्नुपर्छ । नत्र तिनीहरूको सुन्दरता पूरै बिग्रिन्छ । यस्तोमा केही समस्याहरू सामान्य हुन्छन्, जुन प्रायः केटीहरूसँग देखिन्छ । तीमध्ये एउटा हो, काखी कालो हुने समस्या । यसका कारण धेरै केटीहरू स्लिभलेस लुगा लगाउन हिचकिचाउँछन् । काखी कालो हुने समस्याको कारणले उनीहरूलाई कहिलेकाहीँ धेरै लज्जित पनि हुनेगर्छन् । यस्तोमा कालो काखीको कारणले गर्दा स्लिभलेस लुगा लगाउन अफ्ठेरो महसुस हुन्छ भने केही घरेलु उपाय अपनाएर यो समस्यालाई कम गर्न सकिन्छ ।

शरीरको भागको रङ कालो हुने कारण

अत्याधिक पसिना आउने, फोहोर, घर्षण, हाइपरपिग्मेन्टेसन, ब्याक्टेरिया संक्रमण र एडिसन रोग जस्ता कारणले काखीको भाग कालो हुनसक्छ । साथै कहिलेकाहीँ यो हर्मोनको कारणले हुन सक्छ । कहिलेकाहीँ रसायनिक उत्पादनहरूको प्रतिक्रियाको कारणले पनि हुनसक्छ ।

काखी कालो हुने समस्याबाट छुटकारा पाउने उपाय

स्क्रब मास्क

सामग्री : १/२ चम्चा नरिवलको तेल, १ चम्चा टुथपेस्ट र १ चम्चा बेकिङ सोडा बनाउने तरिका : एउटा कचौरामा १/२ चम्चा नरिवलको तेल लिने, त्यसमा टुथपेस्ट र बेकिङ सोडा मिसाउने र राम्ररी मिश्रण गर्ने । तयार मास्कलाई काखीको क्षेत्रमा लगाउने । अब लगभग १०–१५ मिनेटसम्म मास्कलाई छोड्ने । जब यो अलिकति ओसिलो रहन्छ, हल्का हातले स्क्रब गर्ने र पानीले धुने र सफा तौलियाले पुछ्ने । बेकिङ सोडा एक उत्कृष्ट एक्सफोलिएटर हो, जसले छिद्रहरू खोल्छ र काखीको कालोपन कम गर्न मद्दत गर्छ ।

टोनिङ मास्क

सामग्री : १/४ कप बेसन, १ चम्चा चामलको पिठो, १ चम्चा बेसारको धूलो, १ चम्चा मह, १/२ चम्चा दूध

बनाउने तरिका : एउटा कचौरामा सबै सामग्रीहरू राख्ने र राम्ररी फेटेर मिश्रण गर्ने । तयार मास्कलाई कालो ठाउँमा लगाउने । १०–१५ मिनेटसम्म सुक्न दिने र तातोपानीले धोएर सफा गर्ने । बेसनले मृत छाला हटाउन मद्दत गर्छ र छालाको रङलाई एकनास बनाउँछ ।

लाइटनिङ मास्क

सामग्री : २ चम्चा मुसुराको दालको पेस्ट, १/२ कागतीको रस १/२ कप दूध

बनाउने तरिका : एउटा कचौरामा दालको पेस्ट राख्ने र त्यसमा कागतीको रस र दूध मिसाउने । अब सबै सामाग्रीलाई राम्ररी मिश्रण गर्ने । मास्कलाई कालो भएको काखीको वरपर लगाउने। १०–१५ मिनेटसम्म मास्कलाई छोड्ने र चिसो वा तातोपानीले धुने । मुसूरको दाल एक उत्कृष्ट ब्लीचिङ एजेन्ट हो ।

स्मूदनिङ मास्क

सामग्री : एलोभेरा जेल वा मोइस्चराइजर

लगाउने तरिका : आफ्नो काखीमा एलोभेरा जेल वा मोइस्चराइजर लगाउने र यसलाई १५–२० मिनेटसम्म छोड्ने । अब सफा नरम कपडाले पुछेर सफा गर्ने । एलोभेराले छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्छ ।

यसबाहेक केही अन्य कुराहरूमा पनि ध्यान दिनुपर्छ

कहिलेकाहीँ परफ्यूम वा डिओडोरेन्ट काखीलाई उपयुक्त हुँदैन र त्यसको प्रयोगले काखी कालो हुनसक्छ । त्यसैले, प्राकृतिक डिओडोरेन्ट प्रयोग गर्नुपर्छ । काखीको रौँ शेभ गर्नबाट जोगिनुपर्छ । किनकि यसले काखी कालो हुन सक्छ । यस्तोमा वैक्सिङ एक राम्रो विकल्प हुनसक्छ । आफ्नो काखीलाई नियमित रूपमा एक्सफोलिएट गर्नुपर्छ, यसो गर्नाले पनि काखी कालो हुने समस्या कम हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह