2026-10-05 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेनी अस्पतालको भवन निर्माण सम्पन्न

2025-06-30

काठमाडौँ । स्तरोन्नति र क्षमता विस्तार भएको दश वर्षपछि प्रदेश अस्पताल बेनीको पूर्वाधार तयार भएको छ । विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले नयाँ पक्की भवनबाट सेवा सञ्चालन थालेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेकी जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले अस्थायी भवनबाट सञ्चालन गरिँदै आएको अस्पतालको सेवा नयाँ भवनबाट सुरु गरिएको जानकारी दिनुभयो ।

“अन्तरङ्ग विभागको सेवा नयाँ भवनबाट सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “अन्तिम चरणमा पुगेको भवन निर्माण कार्यले पूर्णता पाएपछि अन्य सेवा नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

पक्की भवन बनाउनका लागि विसं २०७४ मा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङसिर २१ गते सम्झौता भएको थियो ।

रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । आयोजनाका इञ्जिनियर वीरबल सुनारले भवन निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

भवनको सरसफाइ र बाहिर पाँच सय मिटर सडक कालोपत्रे काम मात्र बाँकी छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चार तले तीन वटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्याल ढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै