२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा

२५ असार २०८२, बुधबार १२:१८

काठमाडौँ । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो ।

सो अवसरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा हुनसकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरतामा जोड दिन आग्रह गर्नुभयो ।

बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढे पनि यसका सूचकहरुमा सुधार आउन नसकिरहेको बताउँदै मन्त्री भण्डारीले भन्नुभयो, “बढ्दो बसाइँसराइका कारण सुर्खेतमा वीरेन्द्रनगरजस्ता स्थानीय तहहरुमा चुनौती थपिएको छ । यसमा स्वास्थ्यकर्मीको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले सहज भएको छ ।”

प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताउनुभयो । कर्णालीका सात जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेकाले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गङ्गाराम सुनारले बताउनुभयो । विसं २०३५ देखि खोप कार्यक्रम सुर्खेतमा सुरु भए पनि पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उहाँको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ