2026-10-05 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुग्यो

काठमाडौँ | कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए । सन २०२४ मा कैलालीमा डेंगु बिरामीकाे संख्या ५२० रहेकाे थियाे । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएकाे छ ।

कार्यालयले संचालन गरेकाे लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । उनले भने,‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ, त्यसैले यश वेला बच्न आवश्यक छ ।’हाल सुदूरपश्चिम भरि यो रोगका बिरामीको संख्या ३ सय ४५ रहेको उनले बताए । अहिले सम्मको तथ्यांकअनुसार बाजुरा र बझाङमा ५६ जना डेंगु रोगी रहेको उनले बताए । उनका अनुसार दार्चुलामा ७,बैतडीमा ३०, डडेल्धुरामा ५६,डोटीमा ३७,अछाममा ३५, कैलालीमा ७६ र कञ्चनपुरमा ४८ जना डेंगुका बिरामी रहेको उनले बताए ।

देशभरीमा ३ जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । मनाङ,डोल्पा,हुम्ला जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । देशभर २ हजार ७ सय २० जना डेंगु रोगका बिरामी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर