2026-10-04 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

सेवा विस्तार गर्दै जिपी कोइराला अस्पताल

काठमाडौँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि केही दिनयता सेवा प्रवाह भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा राम श्रेष्ठले जानकारी दिनुभयो ।

मणिपाल शिक्षण अस्पताल पोखराका ग्याष्ट्रोलोजिष्ट डा शङ्कर बराल र केन्द्रका जनरल सर्जन डा सविनकुमार घिमिरेको समूहले बिरामीको परीक्षण गरी सेवा सञ्चालनमा ल्याउनुभएको हो । अब नियमित रूपमा उक्त सेवा सञ्चालन गरिने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सेवा नहुँदा यस भेगका जनता पोखरा जानुपर्ने बाध्यता थियो । अब पेटसम्बन्धी समस्याको उपचार यहीबाट प्रदान हुनेछ ।”

केन्द्रमा अन्य सेवा थप गर्दै लैजाने रणनीतिअनुसार गत भदौ १० गतेदेखि विद्युतीय चिकित्सा प्रणालीसमेत सुरु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि टिकट, बिलिङ, रिपोर्ट, औषधिलगायत विवरण अनलाइन प्रणालीमार्फत् जानकारी लिन सहज भइरहेको डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्सरे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न पाउँछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर