२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह

२०८२, २० माघ सोमबार १७:२४

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन आग्रह गरेको छ ।

सोमबार (माघ १९) मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै भनेका छन्, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई आतंकित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न पनि अनुरोध गर्दछ । मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेकाले सबैलाई अफवाहमा नपर्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचना मात्र विश्वास गर्न पनि मन्त्रालय यस विज्ञप्तिमार्फत अनुरोध गर्दछ ।”

छिमेकी मुलुकमा देखिएको निपाह भाइरसका केही घटनालाई मध्यनजर गर्दै मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कुनै शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने