२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमित घट्दो क्रममा

२०७८, १५ जेष्ठ शनिबार ०४:५७

जेठ १५, चितवन (रासस) | कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको  छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार वैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख  ३० गते ७ सय ७३ को  परीक्षण गर्दा ३ सय ५१ जनामा सङ्क्रमण देखियो । अहिले यो घट्दै आएको उहाँले बताउनुभयो । वैशाख ३१ गते देखि विस्तारै सङक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको  सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १५० हाराहारीमा पुग्यो । उहाँले भन्नुभयो, “अहिले सङ्क्रमित सय देखि डेढसय हाराहारी छ ।”

वैशाख २८ देखि जिल्लामा एण्टीजिनको प्रयोग मार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । सोमार्फत जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको सङ्क्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३ सय ८१ जना सङ्क्रमित भइसकेका छन् । जिल्लामा हाल सम्म १३ हजार ३ सय ६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८ सय ८५ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये १ सय ५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।

कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार शुरुआती समयमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले  एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी भएकाले अझै जोखिम कम नभएको उहाँले बताउनुभयो । सक्रिय सङ्क्रमित १ हजार भन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उहाँले जानकारी दिनुभयो । निको भएर घर फर्कन दैनिक ५० हाराहारी छन् । उहाँले भन्नुभयो, “सङ्क्रमित घर फर्कन थालेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।” निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उहाँले बताउनुभयो । जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उहाँको बुझाइ छ । कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।  सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण शहरी क्षेत्रमा कोरोना सङ्क्रमण धेरै देखिएको उहाँले बताउनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने