2026-10-03 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता जनप्रतिनिधि

जेठ २५, खोटाङ (रासस)। गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी गाउँपालिकाका छ, ऐँसेलुखर्क गाउँपालिकाका ४१, जन्तेढुङ्गा गाउँपालिकाका ३१, साकेला गाउँपालिकाका ५४ तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिकाका र बराहपोखरी गाउँपालिकाका नौ/नौ जनाले सङ्क्रमण जितेका स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । 

सात सय ७७ सक्रिय सङ्क्रमित रहेको जिल्लामा वैशाखयता पाँच जनाको मृत्यु भइसकेको छ । हाल दिक्तेल रुपाकोट मझुवागढीमा २६८, हलेसी तुवाचुङमा ११२, रावाबेँसीमा ६२, केपिलासगढीमा ४२, ऐँसेलुखर्कमा ६४, जन्तेढुङ्गामा २५, खोटेहाङमा ४९, साकेलामा ६०, दिप्रुङ चुइचुम्मामा ८० र बराहपोखरीमा १५ जना सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म तीन हजार २७८ जनाको एन्टिजेन र एक हजार ५१३ जनाको पिसिआर परीक्षण गर्दा एक हजार १६४ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा हाल एन्टिजेन र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । हालसम्म निषेधाज्ञा लागू नगरिएको खोटाङमा २४ स्वास्थ्यकर्मी, १० सुरक्षाकर्मी, छ जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमध्ये अधिकांश सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमितमध्ये २४ जना जिल्लाबाहिर सिफारिस भएका छन् भने ३४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

पिसिआर परीक्षणका क्रममा यही जेठ ६ गते सङ्क्रमण पुष्टि भएका रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौला र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका वडाध्यक्ष चइन्द्र राई भर्खरै सङ्क्रमणमुक्त हुनुभएको छ । सङ्क्रमण पुष्टि भएपछि होमआइसोलेशनमा बस्नुभएका गाउँपालिका प्रमुख निरौलाको जेठ १८ गते गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । 

गाउँपालिका प्रमुख निरौलाको अनुभवमा सङ्क्रमण पुष्टि भएपछि भोक लाग्न छाड्नु, खान मन नलाग्ने, खाएको खानाको स्वाद थाहा नहुने, बान्ता हुन खोज्ने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता समस्या देखापरेको थियो । थोरै चिसो पानी मुखमा पर्यो भने पनि टन्सिल हुन खोज्ने शारीरिक समस्या निम्तिने गरेको अनुभव उहाँले सुनाउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुन के–के विधि अपनाउनुभयो त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “नियमित तातोपानी पिउनुपर्ने रहेछ । धेरै झोलिलो खानेकुरा खाइरहनुपर्छ । मुख कुल्ला गर्दा पनि तातोपानी प्रयोग गर्नुपर्छ ।” उहाँका अनुसार बिरामी छु भनेर तनाव लिन नहुने रहेछ । उहाँले भन्नुभयो, “दिनमा पाँच÷छ लिटर तातोपानी पिएँ । भोक लाग्न थालेपछि मात्र रोगले छाडेको अनुभूति हुँदोरहेछ ।”

सङ्क्रमणमुक्त बने पनि रोगले शरीर शिथिल बनाएको छ । श्वास बढेजस्तो हुने समस्या देखिएकाले खानपानमा अझै पनि ख्याल गर्नुपर्ने अवस्था रहेको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । आफैँ सङ्क्रमित हुँदा पनि गाउँपालिकाको काम गर्नुपर्ने फोन सम्पर्कले ‘बिरामी छु’ भन्ने अनुभूति नै नभएको उहाँको भनाइ छ ।

यस्तै जनप्रतिनिधिका नाताले हलेसी तुवाचुङ–७ महादेवस्थानका वडाध्यक्ष राई आफ्नो वडावासीलाई सङ्क्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै हिँड्दा सङ्क्रमित हुनुभएको थियो । स्वास्थ्यमा सामान्य कोभिड–१९ सँग मिल्दोजुल्दो समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा वैशाख २६ गते वडाध्यक्ष राईलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीले सिफारिस गरेको औषधि र घरेलु उपचार विधि अपनाएर वडाध्यक्ष राई दुई हप्तापछि सङ्क्रमणमुक्त बन्नुभएको छ । पिसिआर परीक्षण गर्दा जेठ ११ गते बेलुका नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष राईले बताउनुभयो । “कोरोना सङ्क्रमण भएपछि स्वाभाविकरूपमा जो–कोही आत्तिन सक्छन् । मानसिकरूपमा त्रास मान्न सक्छन्”, वडाध्यक्ष राईले भन्नुभयो, “उच्च मनोबलका साथ कोरोनासँग जुध्ने हिम्मत गरेँ । ‘म सङ्क्रमित छु वा बिरामी छु’ भनेर कहिल्यै सोचिनँ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले घरबाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्नुका साथै चाडबाडलाई औपचारिकतामा सीमित गरेर मनाउन आग्रह गरेको छ । यस्तै कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सिसीएमपी/डिसीसिएमसीले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङ संयोजक बबि चाम्लिङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने