२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

गण्डकीमा दमौली अस्पताल सर्वाेत्कृष्ट

२०७८, ४ असार शुक्रबार १२:२६

कृष्ण न्यौपाने, असार ४, दमौली (रासस) । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वाेत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो अस्पताल यस वर्ष प्रथम  भएको हो । 

मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधार लगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्ने गर्दछ । गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन  सफल भएको जानकारी दिनुभयो ।

“कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो,  अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,” उहाँले भन्नुभयो । 

कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसूति सेवा स्थगित गरिएको छ । बहिरङ्ग कक्षलाई पनि कोरोना कक्ष बनाइएको छ ।  अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा शुरुआत गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघन उपचार कक्ष  सहित  दाँत र आँखा सेवा पनि  सञ्चालनमा  ल्याएको छ । 

ट्रमा सेन्टर बनाइने

प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । प्रदेश सरकारद्वारा हालै जारी नयाँ बजेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरोन्नति गर्ने उल्लेख छ । 

साथै अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनुमति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी, विसं २०५५  प्राथमिक स्वास्थ्य केन्द्र र  विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । –

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर