2026-10-03 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह

असार १८, खोटाङ (रासस) । खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो । 

मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र तीन बालक खेलिरहेको अवस्थामा उक्त मुण्डाघर भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । मुण्डाघर भत्किँदा अन्य दुई बालकसमेत घाइते भएका छन् । 

घाइते हुनेमा स्थानीय राजकुमारी सार्कीको १० वर्षीय छोरा मिलन र मनकुमार सार्कीको १० वर्षकै छोरा लुने रहेका वडासदस्य खेमराज कार्कीले बताउनुभयो । उनीहरु दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

मृत बालकको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सागर साहले जानकारी दिनुभयो ।  प्रहरीका अनुसार सोही नगरपालिकाको वडा नं ५ रातमाटेका दिनेश राईको घर भत्किँदा घरधनी राई गम्भीर घाइते भएका छन् । 

चौबीस वर्षीय घाइते राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि थप उपचारका लागि राजधानी काठमाडौँस्थित सुविधायुक्त अस्पताल लैजाने तयारी भइरहेको आफन्तले जनाएका छन् । ढुङ्गामाटोले बनेको घर पूर्णरूपमा भत्किएपछि उनको परिवार ठुलोबुबा पिताम्बर राईको घरमा बसेको छ । 

दिनरात लगातार परिरहेको वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि जिल्लाका सबै ग्रीिमण सडक अवरुद्ध बनेका यातायात व्यवसायीले बताएका छन् । सडक अवरुद्ध भएपछि सबैभन्दा बढी उपचारका लागि स्वास्थ्य संस्था जाने कोभिड–१९ तथा भाइरल ज्वरोका बिरामी समस्यामा परेका छन् । 

अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानीय तहले पहल गरिरहेका छन् । कतिपय ठाउँमा बिरामी बोक्ने एम्बुलेन्स र स्थानीय तहको जेसिबी सँगसँगै पठाएर बिरामीको उद्धार गर्ने काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । 

यसैबीच मनसुन सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । वर्षाको सिजन सक्रिय भएसँगै बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्ति निम्तिने खतरा बढेको भन्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गर्नुभएको सूचनामा उच्च जोखिम रहेको बस्ती पहिचान गरी खोला, नदी किनार, जोखिमपूर्ण क्षेत्र आसपास बसोबास गर्ने बस्तीमा जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ । मनसुन अवधिभर बाढी आएको समयमा खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने कार्य निषेध गरिएको प्रशासनले जनाएको छ ।

आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए तथा खोज उद्धार गर्नुपर्ने अवस्थामा नजिकैको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालयमा १०० मा फोन गर्न, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको फोन नम्बर ०३६–४२०६८१ वा राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न सूचनामा भनिएको छ । मौसमसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर जानकारी लिन सकिने जनाइएको छ ।

मनसुनको समयमा खानेकुरा, कपडा, औषधि पानीलगायतका अत्यावश्यकीय वस्तुको भण्डार गर्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका बारेमा विशेष सावधानी अपनाउन प्रशासनको अपिल छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने