2026-10-03 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

केदार मगर । साउन १७, खोटाङ (रासस)। आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै  चार्टर गर्नुपर्ने भएपछि   खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने  बाध्यता भएको छ ।  स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत  अन्य सुबिधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लावासीमा यस्तो बाध्यता आइलागेको हो ।

यही समस्याले खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लावासीले 

नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताउनुभयो । 

“सङ्क्रमितले हेलिकप्टर चार्टर गर्नुपर्यो भने कम्तीमा पनि रू तीन लाख ५० हजारसम्म शुल्क तिरिरहनु परेको छ”, उहाँले भन्नुभयो, “सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । जिल्लाबाट सिफारिस भएर पठाइइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड सङ्क्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार रु दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ लगियो । सोही दिन बिहान वडा नं १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले  हेलिकप्टरबाट  काठमाडौँ लगिएको हो ।  

सङ्क्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । उनीहरुकानुसार सङ्क्रमित राई आफै मोटरसाइकल चलाएर याम्खा आएपछि   परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाएका गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताउनुभयो । 

यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ४४ वर्षीया सङ्क्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेशन सेन्टरमा भर्ना हुनुभएकी ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पुर्याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बिरामी बोक्ने एम्बुलेन्स वा अनय सवारी साधनबाट छिटो पुग्न सम्भब नभएकाले सङ्क्रमित महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् । 

केही दिनयता वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पुर्याउन सकस भएको छ । कतिपय तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयवासी बताउँछन् । 

गत जेठ ५ पछिमात्र कोरोना सङ्क्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन् । गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका–३ का ६० वर्षीय सङ्क्रमितलाई रु दुई लाख ९५ हजार तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।

यस्तै सङ्क्रमण भएपछि आइसोलेशनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते रु तीन लाख र एँेसेलुखर्क गाउँपालिका–३ कै अर्की सङ्क्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान रु दुई लाख ९५ हजार खर्चिनुपरेको थियो ।

जेठ ५ गते एँसेलुखर्क गाउँपालिका–३ का एकै परिवारका तीन सङ्क्रमितलाई रु तीन लाख २० हजार,  १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७८ वर्षीया सङ्क्रमितलाई रु तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई रु तीन लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।

जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तीमा रु दुई लाख खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर बिपन्न परिवार उपचारबाट वञ्चित भइ ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन् । 

उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने