६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न सरकारका ६ सल्लाह

१३ आश्विन २०७८, बुधबार ०८:५३

असोज १३, काठमाडौँ । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ ।  नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ ।  विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् । 

यता सहरी क्षेत्रका नागरिकमा भने आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा रोगी बढ्दै गइरहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले मुटु रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

‘स्वस्थ जीवनशैली नै हो, स्वस्थ मुटुको आहार’ भन्ने नाराका साथ आज मुटु दिवस मनाउन लागिएको हो । मुटु हाम्रो शरीरको एकदमै महत्त्वपूर्ण अङ्ग हो ।

स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै मुटुलाई स्वस्थ राख्न विभिन्न सल्लाह दिएको छ । स्वस्थ खानेकुरा खान, शारीरिक व्यायाम गर्न, शरीरको तौललाई नियन्त्रणमा राख्न, धुमपान र मद्यपान छाड्न, कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रणमा राख्न र मानसिक तनाव व्यवस्थापन गर्न मन्त्रालयको आग्रह छ ।

पछिल्लो समय निष्क्रिय जीवन र मानसिक तनावको कारण मुटु रोग देशभरका सबै उमेर, वर्ग र क्षेत्रका मानिसलाई लागेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या