६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हृदयाघात के हाे ? यस्ता छन् लक्षण र उपचार विधि

१३ आश्विन २०७८, बुधबार १०:२५

असोज १३, काठमाडौँ । मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक हुने हुँदा मृत्युको कारक पनि फरक हुने गर्छ ।संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । मुटुरोग पछि मस्तिष्क घात, श्वास–प्रश्वासको स्रक्रमण, झाडा पखाला, एच.आई.भी. एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् ।

संसारको ६.४ बिलियन जनसंख्या मध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसंख्याको ज्यान जाने गरेको पाइन्छ । मुटुमा समस्या उत्पन्न भएको अवस्थामा हृदयाघात हुन सक्नेतर्फ सचेत हुन जरुरी छ ।

हृदयाघात​, यसको लक्षण र उपचार विधि

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटु मै सामान्यत रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ । हृदयाघातका लक्षणहरुमा छाति दुख्ने, छाति गहुँगो हुने र दुखाई सर्दै छातीबाट सर्दै गएर बङ्गारा, गर्दन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वास्वा हुने, कमजोरी अथवा रिङ्गटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन् ।

वास्तवमा यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षणहरू देखा नपर्न सक्छन् । केही मानिसहरूमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुषुप्त हृदयाघात भनिन्छ । हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ । हृदयाघातका प्रचलित उपचारहरूमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधीको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कार्डियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जिओप्लास्टी र मुटुको शल्यक्रिया जस्ता प्रक्रियाहरू पर्छन् ।

एन्जिओग्राफी पश्चात् मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छ । यी प्रक्रियाहरू मध्ये मुटुका धमनीहरूमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जिओप्लास्टी नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोग सम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई कम गर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधी दिइन्छ ।

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स–रे लिंदै त्यो क्याथेटरलाई बन्द भएको वा साँघुरिएको धमनीसम्म पुर्याइन्छ । बन्द भएको धमनीको भाग पत्त लगाइसकेपछि क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ । धमनीको बन्द भएको वा साँघुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपण गरिन्छ ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन् –औषधिरहित धातुको स्टेन्ट –जुन सबैभन्दा सस्तो हुन्छ), अर्को स्टेन्टमा औषधी लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधीका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइ सकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ । अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन ।

रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नु पर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाहरूबाट समेत बिरामीलाई जोगाउँदछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पुरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ । तर कहिलेकाँही प्राविधिक रुपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ ।

९६ प्रतिशत भन्दा बढी एन्जिओप्लास्टी प्रक्रियाहरू तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाई (एन्जाइना) कम हुने हुन्छ । तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामीहरू भने पूर्णतया ठीक नहुन पनि सक्छन् ता पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ । मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जिओप्लास्टी गर्दाको अवस्थामा बिरामीहरू चाँडै निको हुन्छन् । धेरैजसो बिरामीहरू एन्जिओप्लास्टी गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामीहरू एन्जिओप्लास्टी गरेको दोस्रो बिहान फर्कन्छन् ।

हाम्रो जस्तो गरिबीको रेखामुनी रहेको देशमा जहाँ मेडिकल इन्स्योरेन्स लागु गरेको छैन, यहाँका जनताका लागि एन्जिओप्लास्टी प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनीहरू साँघुरिएको वा बन्द भएका हुन्छन् त्यस खाले समस्यामा पनि एन्जिओप्लास्टी प्रक्रिया फलदायी नहुन सक्छ ।

त्यसरी नै खोलिएको धमनी एन्जिओप्लास्टी पछि पनि पुनः बन्द हुने वा साँघुरिने सम्भावना रहन्छ । त्यसपछि यहाँलाई धमनी पुनः साँघुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँघुरिएको वा बन्द भएको खण्डमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जिओप्लास्टी वा कहिलेकाँही मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ ।

यदि तपाई आफैं बिरामी हुनुहुन्छ भने एन्जिओप्लास्टी गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फुर्त राख्न वाञ्छनिए हुन्छ । एन्जिओप्लास्टी गरिसकेपछि पनि तपाईले नियमित रुपमा चिकित्सकको सम्र्पकमा रहने र सल्लाह अनुसार कोपिडग्रेल र एस्पीरिन जस्ता औषधिहरू चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन ।

त्यसका साथसाथै तपाईंले धुम्रपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ साथै बोसोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ ।

तपाईं मांसाहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लो युक्त दुग्ध पदार्थ (चिज, घ्यू) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बद्लामा दैनिक रुपमा ताजा सागसब्जी र फलफूलमा बृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइज जस्ता पेय पदार्थहरू लिने बानी बसाल्नु पर्छ ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजबाटै तपाईंले नियमित रुपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनु पर्छ । याद रहोस् शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नु साथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूलाठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भ¥याङ्गबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिँडेर जाने बानी गर्नु उपर्युक्त हुन्छ ।

हृदयाघात भएको बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पुरा छाती गहुँङ्गो भएको महसूस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने अपच हुने, श्वास फेर्न गाह्रो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनीमा हुने, स्वास्वा बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मी.ग्रा.) बिरामीलाई तत्कालै खुवाइदिनु पर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानी हुनबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ । लोकपाटीबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या