६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाबाट नेपाल आएका किरण गजमेरलाई किन विमानस्थलबाटै फिर्ता गरियो ?

१३ आश्विन २०७८, बुधबार ११:५९

असोज १३, काठमाडौँ । साङ्गीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई  गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।   

अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो । उनको भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले उनलाई सोमबार त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो ।

भुटानी शरणार्थीका रूपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् । उनी अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए ।  एक प्रवेशाज्ञा वर्षमा अमेरिकी नागरिकहरूले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए । 

“एक प्रवेशाज्ञा (भिसा)मा नेपाल बस्न पाउने समय उहाँले यो वर्ष नेपालमा बिताइसकेकाले उहाँलाई फर्काउनुपरेको हो,” अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भन्नु भयो । किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको वुझिएको छ र सन् २०२२ मा भने उनी पुनः नेपाल आउन सक्छन् । किरण अघिल्लो महिना सम्पन्न भ्वाइस अफ नेपाल सिजन–३ का विजेता हुन् ।

भुटानबाट शरणार्थीका रूपमा नेपाल आएका किरण केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । तेस्रो मुलुक पुनर्वासका क्रममा उनी अमेरिका पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या