६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा कोरोनाको संक्रमण कायमै : यस्ता गतिविधि गर्न रोक

१५ आश्विन २०७८, शुक्रबार ०४:४५

असोज १५ , काठमाडौं। काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागू हुनेगरी यो आदेश जारी गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।

यसैगरी काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीसाधनमा चढ्न रोक लगाउने निर्णय गरिएको छ। प्रशासनले सार्वजनिक सवारीसाधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न समेत यातायात व्यवसायीलाई निर्देशन दिएको छ। कोभिड–१९ संक्रमणको जोखिमका कारण सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको उल्लेख छ।साथै सार्वजनिक यातायातका साधनमा निर्धारित सीट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनले आग्रह गरेको छ। यसैगरी होटल, रेष्टुराँ र सिनेमा हलमा सामाजिक दूरी कामय गर्न आदेश जारी गरिएको छ। उक्त आदेश पालना नगरेको पाइए कानून बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या