६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा बजारमै रोकिए नेपाली उपभोक्ता, सीमापारी सुनसान

१७ आश्विन २०७८, आईतवार ११:४७

असोज १७, बुटवल,न्युज कारखाना । कोरोना महामारीले सीमानाकाबाट आवतजावत असहज भएपछि सीमावारिको बजारमा चहलपहल बढेको छ । विशेषगरी चाडबाडका बेला नेपाली उपभोक्ताको भिड हुने भारतीय सीमावर्ती शहर सुनौली यसवर्ष भने सुनसान छ । सीमानाका खुले पनि नेपाली उपभोक्ता सुनौली बजारमा किनमेल गर्न नगएको उद्योगी व्यवसायीको भनाइ छ ।

सुनौलीमा करिब चार सय पसलका मुख्य ग्राहक नेपाली नै हुन् । सस्तोमा सामान पाइने आशामा धेरै नेपाली सामान किन्न सुनौली बजार पुग्थे । सिद्धार्थ उद्योग बाणिज्य संघका अनुसार अहिले सुनौली बजार गर्न जाने नेपाली उपभोक्ता नगन्य छन् । ‘सीमानाका लामो समय बन्द भएकाले उपभोक्ता सुनौली बजार जान पाएनन्, अहिले नाका सुरु भए पनि किनमेलका लागि उता जाने न्युन छन्, त्यसैले सीमावारिको बजारमा चहलपहल छ’ संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भने ।

महामारीमा सरकारले भारतसँगको सीमानाका बन्द गर्दा नेपाली बजारमा यसको सकारात्मक प्रभाव पर्न थालेको छ । संघका अध्यक्ष न्यौपानेले नेपालीको किनमेल प्रवृत्ति अहिले फेरिन थालेको बताए । ‘पहिले सुनौली गए सामान सस्तो पाइन्छ भन्ने मानसिकता थियो, तर अहिले त्यस्तो छैन,’ उनले भने ।

चाडबाडका बेला सुनौलीमा दैनिक करिब एक करोड रुपैयाँको कारोबार हुने गथ्र्यो । भैरहवाको गल्लामण्डीमा गौतम किराना पसल सञ्चालन गर्दै आएका आशीष गौतमले सीमानाका बन्द भएपछि व्यापारमा वृद्धि भएको बताए । ‘पारि जाने स्थानीय उपभोक्ताले यहीँकै बजारमा गुणस्तरीय सामान पाएका छन्, सीमापारि सस्तो सामान पाइन्छ भन्ने मानसिकता परिवर्तन हुँदैछ,’ उनले भने ।

सीमापारिको तुलनामा वारिको व्यापार बढे पनि अपेक्षित वृद्धि भने नभएको राष्ट्रिय उद्योग व्यापार संगठनका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । सीमानाका बन्द हुँदा खाद्यान्नको व्यापारमा केही वृद्धि भयो, तर समग्रमा व्यापार बढेको छैन, महामारीले व्यवसायमा नराम्रो प्रभाव पारेको छ,’उनले भने ।

सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी भट्टराईले नेपालीहरू सुनौली बजार गर्न नगएपछि त्यहाँको व्यवसाय खस्किएको बताए । ‘नाका खुले पनि नेपालीहरू अझै पनि जान चाहिरहेका छैनन्, त्यसैले सुनौली बजार यतिबेला सुनसान छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै