२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण

२०७८, २१ आश्विन बिहीबार ०७:३८

असोज २१ , काठमाडौँ। जनकल्यण बहुउद्देश्यीय सहकारी संस्था सुनवल ६ विसासयले शेयर सदस्य स्वर्गीय गुन बहादुर सुनारको दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ । 

संस्थाका शेयर सदस्य सुनारको गत साउन २६ गते दुर्घटनामा परि मृत्यु भएको थियो । शेयर सदस्य स्वर्गीय गुन वहादुर सुनारका छोरा धन वहादुर सुनारलाई घरमै पुगी दुई लाख वरावरको चेक रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष थान प्रसाद गैरेले बताए। जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था शेयर सदस्यहरुको अभिभावक भएको भन्दै दुःख सुखमा शेयर सदस्यहरुको साथमै रहने र शेयर सदस्यहरुलाई एक्लोपनको अनुभुति नगराउने अध्यक्ष गैरेको भनाई छ ।

त्यस्तै संस्थाका सल्लाहाकार संयोजक रुकमागत बस्यालले जनकल्याण बहुउद्देश्य सहकारी संस्थाले बहुउद्देश्यीय कार्यक्रमहरुलाई प्रथामिकता दिईरहेको बताए। संस्थाले आयआर्जन लगाएत विविध कार्यक्रमहरु सँगै प्रत्येक शेयर सदस्यहरुको दुई लाख बराबरको दुर्घटना बीमा गर्नु सराहनीय कार्य भएको सल्लाहाकार संयोजक वस्यालको भनाई छ।

दुर्घटना बीमा रकम हस्तान्तरणमा संस्थाका उपाध्यक्ष पदम प्रसाद काफ्ले , सल्लाहकार सदस्य चन्द्रकान्त पाठक लगाएत कार्यसमिति सदस्य र शेयर सदस्यहरुको समेत उपस्थिति रहेको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बाहेक अन्य कारणले मृत्यु भएमा १३ दिन भित्रै २५ हजार रुपैँया परिवारलाई हस्तान्तरण गर्ने र दुर्घटनामा परि मृत्यु भएमा दुर्घटना बीमा बापतको दुई लाख रुपैंया प्रदान गर्दै आइरहेको संस्थाका सचिव ओमकान्त तिमिल्सिनाले जानकारी दिए। लोकपाटीबाट साभार । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा