२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

२३ आश्विन २०७८, शनिबार ०७:०९

असोज २३, काठमाडौँ | नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्याङ्क सार्वजनिक गरेको छ।

प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा यान्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा यान्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना सङ्कलन गरी शरीरमा यान्टिबडीको स्तर हेर्ने उद्देश्यले अनुसन्धान गरिएको थियो।

अध्ययनमा १७ सय ९६ जनालाई सहभागीको नमुना सङ्कलन गरिएको थियो। अध्ययनले खोप नलगाएका ४३र९ प्रतिशतमा यान्टिबडी बनेको र खोप लगाएका ६५ प्रतिशतमा यान्टिबडी बनेको औँल्याएको छ। खोप लिएको दोस्रो महिनासम्ममा यान्टिबडीको तह ८२र३३ प्रतिशत रहेको पाइएको छ भने चौथो महिनामा यान्टिबडीको मात्रा घट्दै गएर ४३ प्रतिशतमा पुगेको छ।

त्यसै गरी अध्ययनले एक वा बढी दीर्घ रोग भएकाहरूमा पनि यान्टिबडीको मात्रा फरक रहेको औँल्याएको छ। एक मात्र दीर्घ रोग भएकाहरूमा ७८ प्रतिशत, दुई वटा दीर्घ रोग भएकाहरूमा ७१र६९ प्रतिशत र तीनभन्दा बढी दीर्घ रोग भएकाहरूमा ४२ प्रतिशत पाइएको थियो।

खोप नलिएका र कोरोना पहिचान नभएका ४६ प्रतिशतमा यान्टिबडी बनेको पाइएकाले नेपालमा कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिसकेको अध्ययनको निष्कर्ष छ। नेपालमा प्रयोग भएका दुई मुख्य खोपहरू भेरोसेल र कोभिसिल्डमा यान्टिबडीको मात्रा ६३र७ प्रतिशत थियो भने भेरोसेल लिएकाहरूमा ७२र४ प्रतिशत थियो।

भेरोसेल खोप लिने बित्तिकै र कोभिसिल्ड खोप लिएको दुई महिना बितिसकेपछि यान्टिबडीको मात्रा हेरिएकाले कोभिसिल्ड लिनेहरूमा मात्रा घट्दै गएको पाइएको होे। दुवै खोप एउटै अवधिमा दिएको खण्डमा यान्टिबडी दुवैमा करिब उस्तै तहको प्रभावकारिता देखिने अध्ययनको सुझाव छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान