2026-10-03 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चिकित्सक र उपकरण अभावले थला परेको रुम्जाटार अस्पताल

मंसिर १५, ओखलढुंगा, न्युज कारखाना | जिल्ला अस्पताल रुम्जाटारमा गम्भीर प्रकृतिका बिरामीलाई उपचार सेवा लिन निकै सास्ती हुने गरेको छ । अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामस्थित सामुदायिक अस्पताल वा राजधानी रेफर गरिन्छ । सामान्य शल्यक्रियासमेत अस्पतालमा हुँदैन ।

सरकारी अस्पतालमा उपचार नहुने भएपछि बिरामी प्रारम्भिक उपचार गर्नसमेत रुम्जाटार अस्पताल पुग्दैनन् । रुम्जाटार अस्पतालले सामान्य औषधी तथा चेकजाँच र शव पोस्टमार्टमलगायतका सेवा मात्रै दिँदै आएको छ । 

सरकारी निकायको बेवास्ताले नागरिकलाई नि:शुल्क उपचार सेवा दिन स्थापना गरिएको अस्पतालका अधिकांश बेड खाली हुन्छन् । समाचार संकलनका क्रममा अस्पताल पुग्दा १५ मध्ये १४ बेड खाली थिए । यसबारेमा जिज्ञासा राख्दा एक स्वास्थ्यकर्मीले भने, ‘बेडमा भर्ना हुन त कमै आउने गर्छन् । यहाँ दक्ष जनशक्ति र उपकरण नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्ने गरेका छौं ।’

खरिद गरिएका उपकरण अलपत्र 

१५ सैय्याको अस्पतालमा दक्ष जनशक्ति र उपकरण व्यवस्थापन नहुँदा नागरिकले उपचार सेवा पाएका छैनन् । अस्पतालमा रहेका करोडौं मूल्य बराबरका उपकरण प्रयोगविहीन बनेका छन् । गत आर्थिक वर्षमा कोभिड संक्रमणको उच्च जोखिमको बेला खरिद गरिएका उपकरणहरू तीन महिना बित्दा पनि जडान भएका छैनन् ।

दुईवटा भेन्टिलेटर, पाँचवटा आइसियु बेड, एउटा पिसिआर मेसिन खरिद गरेर ल्याएपछि खोलिएको समेत छैन । अक्सिजन प्लान्ट कात्तिकभित्र जडान गरी अक्सिजन उत्पादन गर्ने भनेर ठेक्का लगाइएको थियो । हालसम्म जडान भएको छैन । यी सबै उपकरण करिब १ करोड ७२ लाख बराबरको हो ।

जिल्ला अस्पतालमा सामान्य शल्यक्रिया कक्षसमेत छैन । कोभिडको संकट दुई चरणमा फैलिएको बेला पिसिआर गर्नका लागि काठमाडौं, धुलिखेल, धरान, विराटनगर सम्म स्वाब संकलन गरेर पठाइएको थियो । सोही समस्या समाधान गर्ने उद्देश्यले जिल्ला अस्पतालमै पिसिआर मेसिन खरिद गरे पनि त्यसका लागि जनशक्ति र व्यवस्थापनको अभाव देखिएको छ । 

उपकरण प्रयोगमा नआउनुको कारणबारे जिल्ला अस्पतालकी सूचना अधिकारी उमा गुरुङले भनिन्,  ‘पिसिआर मेसिन राख्ने कक्ष बनाउनै ५० लाखभन्दा बढी बजेट चाहिने रहेछ ।’ 

जनशक्ति अभाव 

आइसियु बेड र भेन्टिलेटर समेत जडान गरेर सञ्चालन गर्ने जनशक्ति अस्पतालमा छैन । अस्पतालमा एमडिजिपि तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भए पनि एमबिबिएस मात्र छन् । एक जना स्थायी एमबिबिएस र डेन्टलसहित गरेर अस्थायी चार जना एमबिबिएस चिकित्सक छन् । भएकै चिकित्सकले पनि उपकरण प्रयोगमा नहुँदा आफ्नो दक्षता अनुसारको सेवा दिन सकेका छैनन् ।

शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने अवस्थामा हामीले रेफर गर्नुपर्ने अवस्था रहेकाले निकै जोखिम रहेको  जिल्ला अस्पतालका प्रमुख डा. अनिल आचार्यले बताए । उनले भने, ‘हामीसँग अप्रेशन थिएटर छैन । त्यसका लागि आवश्यक व्यवस्थापन पनि छैन ।’

सामान्य उपचार गराउने भन्दा अरू क्षमता अस्पतालमा नभएकाले प्रदेश सरकारले थप जनशक्तिका लागि विशेषज्ञ चिकित्सकको दरबन्दी पठाएर सञ्चालन गर्न सके जिल्ला अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी हुने आचार्यले बताए ।

हाल जिल्ला अस्पतालले पोषण पुनर्स्थापना, मानसिक स्वास्थ्य परामर्श, डेन्टल, पोस्टमार्टम लगायतका सेवा उपलब्ध गराउँदै आएको छ । १५ सैय्याको अस्पतालको भौतिक संरचना करोडौं लागतमा विशाल आकारमा निर्माण भइरहेको छ । तर, संरचना अनुसारको सेवा नदिँदा सर्वसाधारण जिल्ला अस्पतालमा भर पर्न सकेका छैनन् ।

गाउँमै जिल्ला अस्पताल छ भनेर ढुक्क हुने अवस्था नभएको रुम्जाटारका प्रेम गुरुङले बताए । उनले भने, ‘केही रोग बिमार भइहालेमा मिसन अस्पताल पुगिहाल्नुपर्छ र उस्तै इमर्जेन्सी भएमा सक्नेले हेलिकप्टरमा काठमाडौं पुगाउँछन् ।’ दर्जनौंको संख्यामा स्वास्थ्यकर्मी र कर्मचारी भए पनि जिल्ला अस्पतालले आफ्नो स्तर अनुसारको सेवा नदिएको जिल्लावासीको गुनासो छ ।

सदरमुकाममै ओखलढुंगा सामुदायिक अस्पताल मिसन अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । तर, नि:शुल्क सेवा दिने जिल्ला अस्पतालमा मुस्किलले दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अभिलेख छ ।   

उपकरण खरिद भयो बजेट आएन 

प्रदेश सरकारले जिल्ला अस्पताललाई उपकरणहरू खरिद गर्न निर्देशन दियो । संघीय सरकारबाट बजेट सुनिश्चित भएकोले उपकरण खरिद गर्न निर्देशन दिएपछि जिल्ला अस्पतालले ठेक्का प्रक्रियाबाट उपकरण खरिद गर्‍यो ।

‘पिसिआर, भेन्टिलेटर, आइसियु बेड ठेक्का लागेर ल्याएको महिनौं भयो,’ अस्पतालकी सूचना अधिकारी उमा गुरुङले भनिन्, ‘ठेकेदारले पैसा मागेर हैरान पारिसके तर यता संघीय सरकारबाट बजेट प्राप्त भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने