२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा

२०७८, १४ पुष बुधबार १०:०७

पुस १४, काठमाडौँ | रासस | म्याग्दी मिडिया सोसाइटीले जिल्लाका १०  सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । संस्थामा आवद्ध उनीहरुको एक वर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । 

बीमाका लागि लाग्ने जनही नगद रु तीन हजार ५०० शुल्क तिरेर बीमा गरिएको संस्थाका सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो । बुधबार बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जीतेन्द्र कँडेल, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बराल, व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र सोसाइटीका अध्यक्ष कमल खत्रीले स्वास्थ्य बीमाको परिचयपत्र प्रदान गर्नुभएको थियो ।  

उक्त कार्यक्रममा दुई जनाले पहिलो पटक स्वास्थ्य बीमा गर्नुभएको हो भने ८ जनाको बीमा नवीकरण गरिएको थियो । संस्थाले विगत तीन वर्षदेखि संस्थामा आवद्ध पत्रकार र उनीहरुका घरपरिवारकोसमेत स्वास्थ्य उपचारमा सघाउन सामूहिक स्वास्थ्य बीमालाई निरन्तरता दिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

‘‘ सरकारले ल्याएको स्वास्थ्य बीमाबाट न्यून र मध्ययम आय भएका व्यक्तिको स्वास्थ्य उपचारमा निकै ठूलो राहत मिलेको छ, पत्रकार र उनीहरुका परिवारका सदस्य बिरामी पर्दा हुने खर्चलाई बचत गर्न र आर्थिक क्षति कम गर्न संस्थामा आवद्ध पत्रकारलाई सामूहिक स्वास्थ्य बीमा गर्न थालिएको हो, आगामी वर्षमासमेत यसलाई निरन्तरता दिने हाम्रो योजना छ’’ उहाँले  भन्नुभयो । 

अस्पतालका डा कँडेलले बीमाको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीको सङ्ख्या बढेको र सोसाइटीले सामूहिक रुपमा गरेको बीमाले यसको महत्वलाई थप व्यापक बनाउन सहयोग पुग्ने बताउनुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बीमा गराउँदा नै बीमितले पाउने सुविधाबारे स्पष्ट पार्न आग्रह गर्नुभयो । 

बोर्ड प्रमुख बरालले जिल्लामा स्वास्थ्य बीमाको प्रचारप्रसारमा सञ्चारकर्मीले रचनात्मक भूमिका खेलेको बताउनुभयो । हालसम्म नौ हजार ५४ घरधुरीका  २४ हजार ६२३  बीमामा आवद्ध भएको उहाँले जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा स्वास्थ्य बीमा दर्ता सहजकर्ता चण्डीका पौडेलले बीमितले अस्पतालबाट प्राप्त गर्नुपर्ने औषधि नपाउने, पोखरा लगायतका अस्पताल जाँदा रेफरमा ढिलाइ हुने, अस्पतालका स्वास्थ्यकर्मीबाट दोहोरो व्यवहार हुने, बिदाको दिनमा सेवा नपाउने गुनासा आएको जनाउँदै ध्यानकर्षण गराउनुभएको थियो । 

पाँचजना सम्मको परिवारलाई रु तीन हजार ५०० शुल्क तिरेर स्वास्थ्य बीमा गरेपछि प्रतिपरिवारले वार्षिक रु एक लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नसक्ने प्रावधान रहेको छ । सोसाइटीले पत्रकार र पत्रकारका घरपरिवारलाई आपतविपत् पर्दा सघाउनका लागि रु दुई लाख पाँच हजार राशिको अक्षयकोष समेत स्थापना गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ