१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४१ सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य

१५ पुष २०७८, बिहीबार ११:४१

पुस १५, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो (बुधबार) भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो । अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९० जनाको निधन भइसकेको छ । बुलेटिनमा पछिल्लो २४ घण्टामा आठ हजार ८९७ जनामा कोरोना परीक्षण गर्दा २४१ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८७१ पुगेको छ ।

पछिल्लो समय थप २२८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ७४६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । 

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार  हजार ६३४, संस्थागत आइसोलेशनमा २३७, आइसीयूमा ८४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदैछ ।

त्यसैगरी पछिल्लो समय ५६ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ३९ लाख ७१ हजार ६६८ जनाले र पूर्ण मात्रा एक करोड तीन लाख १० हजार ६९२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का