२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान

१६ पुष २०७८, शुक्रबार ०७:११

पुस १६, काठमाडौँ | रासस | चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा  यो अभियान सुरु भएको जानकारी दिइएको हो । 

नगरप्रमुख सोमप्रसाद मिश्रले विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विकासका लहर फैलिएको बताउनुभयो । उहाँले १० वटै वडाको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिनाका साथै सबै वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना अभियान सुरुआत गरिएको र  सुडाल स्वास्थ्यचौकीमा पनि प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्यचौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताउनुभयो । 

नगर प्रमुख मिश्रले भन्नुभयो, “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्याँै, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीका क्षेत्रमा देशभरिका पालिकामध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनासँगै त्यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।”

वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्यचौकी पहिलो भएको चर्चा गर्नुभयो । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले विनियोजन गरेको रकमबाट ल्याब सञ्चालनमा ल्याइएको बताउँदै उहाँले  स्वास्थ्यचौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पु¥याउने बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले अव स्वास्थ्यचौकीमा मधुमेह, युरिक एसिड, युरिया, क्रेटिनेन, बिल रूविन (जन्डिस), टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी टोटल काउन्ट, आरबिसी, इएसआर, युरिन, दिशा खकार जाँचटाइफाइड र एचआइभीको परीक्षण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट