१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सिवियर निमोनिया बिरामीको जिल्लामै उपचार

१७ पुष २०७८, शनिबार ०९:२१

पुस १७, काठमाडौँ | रासस | सङ्खुवासभा जिल्ला अस्पतालमा सिवियर निमोनियाको एक बिरामीलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । सिवियर निमोनियाबाट पीडित भोजपुर तुङ्गेछा निवासी अर्पना जोगीलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको बाल रोग विशेषज्ञ दीपेन्द्र राईले बताउनुभयो ।

विद्यालयबाट घर फर्कंदै गर्दा अर्पनाको कोखा हान्न थालेकाले आतिएका अभिभावकले स्थानीय स्वाथ्यकर्मीको सल्लाहअनुसार खाँदबारीस्थित उक्त अस्पताल लिएर आएका थिए । उनलाई सिवियर निमोनियाको लक्षण देखिएकाले  १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाईंपछि आज घर फर्काइएको उहाँले जानकारी दिनुभयो  । यसअघि कात्तिक तेस्रो हप्ता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई पनि खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन लागेकाले  अभिभावकले खाँदबारी अपस्पतालमा  लिएर आएका थिए । 

जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई जाँच गर्दा सिवियर भएको बाल विशेषज्ञ राईले बताउनुभयो । त्यसपछि उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थालियो । सिवियर निमोनिया भएपछि बच्चालाई श्वासप्रश्वासमा समस्या हुने कोखा हान्नेजस्ता लक्ष्यण देखापर्ने, बच्चा सुस्त हुने अक्सिजनको कमी भएर शरीर निलो देखिन थाल्छ । यस्तो लक्ष्यण  देखिनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । 

अस्पताल आउन ढिला भए हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने विशेषज्ञ राईले बताउनुभयो । सरस्वती र अर्पनाका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको हुनाले उनीहरुलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भनेर चिन्ता थियो तर उक्त  अस्पतालले पछिल्लो समयमा सुरु गरेको सघन उपचार कक्ष र विशेषज्ञको सेवाले यही उपचार सम्भव तुल्यायो ।  ती बिरामीलाई  अस्पतालले निःशुल्क उपचार गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले  सामाजिक इकाइ सेवाबाट आर्थिक अवस्था कमजोर भएकाका लागि सहयोग गर्ने हुनाले उनीहरुलाई अस्पतालले छुट दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का