२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२८ हप्तामै कम तौलका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था समान्य

२०७८, १८ पुष आईतवार ११:४६

पुस १८, काठमाडौँ | अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो । समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ्य भएर घर फर्केका छन् । 

“बस्नेतले नर्मल तरिकाले जुम्ल्याहा बच्चा जन्माइन् । दुबै बच्चाको तौल असमान्य थियो । एकको तौल ९०० ग्राम र अर्कोको तौल ७०० ग्राम थियो । यस्तो अवस्थाका बच्चालाई बचाउन निकै चुनौती हुन्छ”, बाल रोग विशेषज्ञ डा सतिश यादवले भन्नुभयो, “तर अस्पतालका चिकित्सकको अथक प्रयासले बच्चा बचाउन सफल मात्र होइन, बच्चाको तौल पनि बढाउन सफल भयो ।” पहिलो ९०० ग्रामको बच्चा एक किलो १०० ग्राम र आफ्नै मुखले दूध खान थालेपछि उनलाई १० दिनपछि आमासँगै घर पठाइएको उहाँको भनाइ छ । अर्को ७०० ग्राम तौलको बच्चालाई अस्पतालले सघन उपचार कक्षामा राखेर उपचार गरिरहेको बच्चाको उपचारमा सलग्न बाल रोग विशेषज्ञ डा यादवले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “ती बच्चामा स्वासप्रस्वाश, मुटु र मिर्गौलाको समस्या देखियो तर उपचार गर्दै जाँदा बच्चा पूर्णरुपमा स्वस्थ्य भए । अहिले बच्चाको तौल ९०० ग्राम पुगेको छ र स्वस्थ्य पनि छ, त्यसैले आज घर पठाउने सल्लाह गरिरहेको छु ।” 

उहाँले अस्पतालकै जस्तो सेवा र सुविधा घरमा पक्कै पनि नहोला तर बच्चा र आमा दुबै स्वस्थ्य भएकाले कुनै समस्या नआउने बताउनुभयो । केही समस्या देखिएमा तुरुन्तै अस्पताल आउन सुझाव दिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

“अस्पतालमा प्रसूति गराउँदा बस्नेतलाई रु छ लाख ५० हजार खर्च भएको र तीमध्ये उनले रु तीन लाख मात्र खर्च व्यहोरेको छ”, अस्पताल सञ्चालक समितिका सदस्य सदानन्द मण्डलले भन्नुभयो, “बाँकी रकम अस्पतालले मिनाहा गरेको छ ।” उहाँले बच्चाको हजुरआमा मीरा बस्नेतलाई अस्पतालले जिम्मा लगाउने तयारी गरिरहेको जानकारी दिनुभयो । हजुरआमा बस्नेतले समय नपुगी जन्मिएको बच्चा र आमा दुबैलाई अथक प्रयास गरेर जिवन दिएकोमा अस्पताललाई धन्यवाद दिदैं खुशी व्यक्त गर्नुभयो ।

सो अस्पतालमा पहिलो पटक मिर्गाैलाको डाइलोसिस भएको थियो भने अहिले न्यूरो सर्जरीसम्म हुने भएकाले यसक्षेत्रका मानिसलाई निकै सहुलियत र सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने