पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नि"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले कोभिड–१९ रोकथामका लागि पहल गर्ने

२२ पुष २०७८, बिहीबार १०:०१

पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो । 

मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई आवश्यक सामग्री  उपलब्ध गराएकामा जापान सरकारलाई धन्यवाद दिनुभयो ।जापानले नेपाललाई १६० थान अक्सिजन जेनेरेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र छ थान जापानमा निर्मित एम्बुलेन्स उपलब्ध गराएको थियो । मन्त्री खतिवडाले जापान सरकारले कोभिड–१९ महामारीको रोकथामका साथै जनताको रक्षा, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानका लागि नेपाललाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।उहाँले नेपाल–जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत  युताकाबाट निर्वाह भएको भूमिकाको प्रशंसा  गर्दै दुई देश र जनताको पारस्परिक हितका लागि  मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री खतिवडाले पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संशाधनको विकासलगायत क्षेत्रमा महत्वपूर्ण जापान सरकारको निरन्तर सहयोग रहदै आएको छ भन्नुभयो । 

राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफूहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत २० करोड अमेरिकी डलर बराबरको खोप उपलब्ध गराउनाका साथै अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी गराउनुभएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला