पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नि"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले कोभिड–१९ रोकथामका लागि पहल गर्ने

२०७८, २२ पुष बिहीबार १०:०१

पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो । 

मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई आवश्यक सामग्री  उपलब्ध गराएकामा जापान सरकारलाई धन्यवाद दिनुभयो ।जापानले नेपाललाई १६० थान अक्सिजन जेनेरेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र छ थान जापानमा निर्मित एम्बुलेन्स उपलब्ध गराएको थियो । मन्त्री खतिवडाले जापान सरकारले कोभिड–१९ महामारीको रोकथामका साथै जनताको रक्षा, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानका लागि नेपाललाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।उहाँले नेपाल–जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत  युताकाबाट निर्वाह भएको भूमिकाको प्रशंसा  गर्दै दुई देश र जनताको पारस्परिक हितका लागि  मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री खतिवडाले पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संशाधनको विकासलगायत क्षेत्रमा महत्वपूर्ण जापान सरकारको निरन्तर सहयोग रहदै आएको छ भन्नुभयो । 

राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफूहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत २० करोड अमेरिकी डलर बराबरको खोप उपलब्ध गराउनाका साथै अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी गराउनुभएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने