पुस २३, चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षी"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण

२०७८, २३ पुष शुक्रबार ०६:५२

पुस २३, चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गर्नुभएको हो ।

अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जनाएको हो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार कृष्णको ६० प्रतिशत कलेजो जीवनमा प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपणमा चिकित्सक डा सञ्जय यादव, डा प्रवीन जोशी, डा जयन्तकुमार साह, डा गौरव कट्टेल, डा सरोज ढुङ्गाना, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादव, हेपाटोलोजिष्ट डा सागर पौडेल, डा वरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा वित्रान पौडेल, डा सुभास ओझा, डा प्रदेश घिमिरे र डा नेहा विष्टको सहभागिता रहेको थियो । योसँगै भारतको एपोलो अस्पतालका चिकित्सक डा निरभ गोयल, डा अरुण कुमार, डा रमन रानासहितको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

करिब एक वर्षदेखि विभिन्न अस्पतालमा कलेजोको परीक्षण गराउँदै आउनुभएका उहाँमा ‘वड चियरी सिन्ड्रम विथ कम्प्लिट पिभिटी डिजिज’का कारण कलेजो प्रत्यारोपाण गर्नुभएको थियो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सन् २०२१ मा नेपालमा सबैभन्दा बढी कलेजो प्रत्यारोपाण गराउन सफल भएको बताउनुभयो । 

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । ती अस्पतालमा भन्दा बढी यस अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको उहाँले दाबी गर्नुभयो । कलेजो प्रत्यारोपण गर्नुभएका भाइ कृष्णले दाजुले पुर्नजीवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो “यसले दाजु भाइको बीचमा प्रगाढ सम्बन्ध कायम गरेको छ । समाजले जे भने पनि परिवार भनेको परिवारनै हो ।” आफ्नो दाजुले नयाँ जीवन पाएको र आफूलाई कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा