पुस २७,  रासस  | जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७,  रासस  | जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

२७ पुष २०७८, मंगलवार १०:१८

पुस २७,  रासस  | जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । 

देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उहाँले मंगलबार सवैलाई अनुरोध गर्नुभयो ।उहाँले बयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र बयस्क तथा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उहाँको भनाई छ ।   उहाँले महामारी दिन प्रतिदिन तिव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि दिनुभयो । जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा