पुस २८, दमौली | कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । 

गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, दमौली | कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । 

गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ

२८ पुष २०७८, बुधबार ०८:०१

पुस २८, दमौली | कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । 

गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न लागिएको हो । प्रदेश सरकारले उक्त केन्द्रमा आवश्यक कर्मचारी, स्वास्थ्य सामग्री प्रबन्ध गर्ने व्यवस्था मिलाउने र सार्वजनिकस्थलमा निःशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनेछ । 

निगरानी केन्द्रमा मुग्लिन पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “ सबै यात्रुलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उहाँले भन्नुभयो, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।” परीक्षणबाट पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न व्यवस्था मिलाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिनुभयो । 

प्रदेश सरकारले निगरानी केन्द्रको थप व्यवस्थापनका लागि तल्लो मस्र्याङ्दी जलविद्युत् कार्यालयको जग्गा प्रयोग गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत असोजमा आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा निगरानी केन्द्र स्थापना गरेको थियो । तर कोरोना जोखिम न्यूनीकरण हुँदै गएपछि उक्त केन्द्र प्रभावकारी हुन सकेको थिएन । तर ओमिक्रोनको जोखिम बढेसँगै अब उक्त केन्द्रलाई सक्रिय बनाउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु