पुस २९, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण  दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।

ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण  दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।

ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन "/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमण दैनिक बढ्दो

२०७८, २९ पुष बिहीबार ०९:३८

पुस २९, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण  दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो ।

ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले सङ्क्रमण गत हप्ताको तुलनामा यसहप्ता ९.२ प्रतिशतले बढेको बताउनुभयो । ओमिक्रोन भेरियन्टले सङ्क्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।

सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बढाउने गर्दथ्यो । उहाँका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८७७ जनाको पिसिआर परीक्षणमा दुई हजार ३० जनामा सङ्क्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७५५ जनाको पिसिआर गरिएकोमा आठ हजार ३७३ जनामा सङ्क्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् । 

यसहप्ताको सङ्क्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता सङ्क्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी सङ्क्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गा¥हो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।   

एक हप्तामै १० हजार सङ्क्रमित

नेपालमा एक हप्तामा १० हजार सङ्क्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पुस २२ गते ५४०, पुस २३ गते ९६८, पुस २४ गते ९४४, पुुस २५ गते एक हजार १६७, पुस २६ गते एक हजार ४४६, पुस २७ गते दुई हजार ४४४ तथा पुस २८ गते तीन हजार ७५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।  

खोपमा पनि वृद्धि

खोप लगाउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता दुई प्रतिशतले खोप लगाउने सङ्ख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा चार प्रतिशतले वृद्धि भएको छ ।

लक्षितमध्ये अहिलेसम्म ७६.९ प्रतिशतले पहिलो मात्रा र ५७. ६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुधबार दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई दु्रत बनाएका छन् ।

सङ्क्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्र्नुपर्ने देखिन्छ । मन्त्रालयले कोही पनि सङ्क्रमण भएको वा कन्ट्रयाक्ट टे«सिङमा परेका कम्तीमा पाँच दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से